
काठमाडौं,१० साउन । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता केहीबेरमा सुरु हुने भएको छ ।
बुधबार सांझ भंग भएको भनिएको वार्ता मध्यरातमा प्रधानमन्त्री केपी ओलीले डा. केसीतर्फका वार्ताकारसंग अनौपचारिक सहमति गरेको हो । प्रधानमन्त्रीको आश्वसनपछि सरकारी वार्ता टोली र केसी पक्षबीच अहिले केहीवेरमा सिंहदरबारमा औपचारिक वार्ता हुंदैछ ।
साढे २ बजे प्रधानमन्त्री कार्यालयमा हुने वार्ताबाट गोविन्द केसीको अनशन टुंग्याउने गरी विषयवस्तुमा सहमति हुन लागेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए ।
उनले सरकारी वार्ता टोलीलाई दलको कार्यालयमा बोलाएर प्रधानमन्त्रीको म्यान्डेडसहितको निर्देशन दिएका छन् ।



















प्रतिक्रिया दिनुहोस्