डोल्पा,९ साउन । नेपाल सरकारबाट क वर्गको ईजाजत प्राप्त माचापुच्छ्रे बैंकले डोल्पामा पनि शाखा बिस्तार गरेको छ ।
त्रिपुरा सुन्दरी नगरपालिको केन्द्र बगर बजारमा आईतबार भव्य उद्घाटन समारोहका बिच माचापुच्छे बैंकले डोल्पामा पनि शाखा बिस्तार गरेर आधिकारीक रुपमा सेवा सुचारु गरेको हो । बैंकको डोल्पा त्रिपुराकोट शाखाको उद्घाटन नगरप्रमुख ओम बहादुर बुढा र जाजरकोट डोल्पा सडकखण्ड कार्यदल प्रमुख प्रमुख सेनानी कर्णेल बिश्वबन्धु पहाडीले संयुक्त रुपमा गरेका थिए ।
यस शाखा मार्फत आफ्ना ग्राहकहरुलाई कर्जा,निक्षेप, लगाएतका थुप्रै सेवासुविधा उपलब्ध गराउने उद्घाटन समारोहमा डोल्पा पुगेका बैंकका कर्णाली प्रदेश प्रमुख ईश्वर रावलले जानकारी दिए ।
देश संघियतामा गईसकेपछि देशैभर शाखा बिस्तारगर्ने क्रममा त्रिपुरा सुन्दरी नगरपालिकामा शाखा बिस्तार गरेको रावलले बताए ।बैंङ्कले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्ब निक्षेप परिचालन गरी रु ६२ अर्ब कर्जा गरिएको र सोही अवधिमा ८१ करोड खुद मुनाफा गरेको बताईएको छ ।
देशभर बैंकका ८६ वटा शाखा,२ वटा एक्सनटेन्सन काउन्टर,२१ शखा रहित बैंकिङ्ग समेत गरि १०९ वटा स्थानबाट ग्राहक महानुभावमा बैंकिङ्ग सेवा प्रदान गरिरहेको जनाएको छ ।साथै ९७ वटा एटीएम सेवा संञ्चालन रहेको समेत बताईएको छ । कर्णाली प्रदेशमा मात्रै पाँच वटा बैंकको शाखा रहेको बताईएको छ ।
जिल्लाका आठ वटा स्थानीय तह मध्ये ठुलीभेरी नगरपालिका बाहेक त्रिपुरा सुन्दरी नगरपालिकामा शाखा स्थापना गरेर बैङ्कीङ सेवा प्रदान गर्ने पहिलो बैङ्क भएको माचापुच्छे्र बैङ्कले जनाएको छ । ठुलीभेरी नगरपालिकामा पर्ने दुनै बजारमा भने नेपाल बैंङ्क,सिटिजन्स बैंङ्क,कृषि बैंङ्क,निर्दन उत्थान बैंङ्कले पहिले देखिनै बैंङ्कीङ् सेवा प्रदान गरिरहेका छन् । नगरपालिकामै बैंकको शाखा स्थापना भएपछि नगरबासी हर्षित भएकाछन् ।
जिल्लाको जगदुल्ला गाँउपालिका,मुड्केचुला गाँउपालिका,डोल्पो बुद्ध गाँउपालिका,शे फोक्सुन्डो गाँउपालिका,काईके गाँउपालिका,छार्काताङोङ गाँउपालिकामा सरकारी तथा प्राईभेट बैंकहरुले शाखा बिस्तार गर्ने बताएतापनि अझै शाखा बिस्तार गरेका छैनन् ।
स्थानीय तहमा बैंक नहुँदा उपल्लो डोल्पाबासीलाई चार पाँच दिन पैदल हिँडेर सदमुकाम दुनैमा रहेको बैंङमा पुगेर सेवालिनु पर्ने बाध्यता रहको छ । स्थानीय तहमा बैंक नहुँदा जोखिम सँगसँगै खर्चपर्च पनि धेरैलाग्ने सर्वसाधारणले गुनासो गरे ।
छोटो समयमा धेरै लगानी गरेर बैंककालागि घर निर्माण गरेकाले घरधनी बिष्णु न्यौपाने ठुलो सहयोग गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्