दाङ, ९ साउन । दाङको बेलझुण्डीमा निर्माण हुन लागेको रंगशालाको सभामुख कृष्णबहादुर महराले शिलान्यास गरेका छन् । आज बुधवार एक कार्यक्रमको आयोजना गरी महराले रंगशालाको शिलान्यास गरेका हुन् ।
रंगशाला शिलान्यास गर्दै सभामुख महराले दाङ पनि खेलकुदका लागि महत्वपूर्ण जिल्ला भएको उल्लेख गर्दै यहाँका खेलको विकास गर्न सबैले आ–आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताए ।
रंगशाला निर्माणका लागि काठमाडौँमा रहेको दिवा एनए कन्ट्रक्सन जेभीले २४ करोड २४ लाख ४५ हजार २ सय ९३ रुपैयाँमा निर्माणको जिम्मा लिएको छ । मंसिर १५ गतेभित्र रंगशाला निर्माणको जिम्मा लिएको हो ।
प्रतिक्रिया दिनुहोस्