काठमाडौं,८ साउन । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीका विरुद्ध परेका उजुरीको उजुरीकर्तासंग मंगलबार छलफल गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले नामसहित उजुरी दिएका उजुरीकर्तासंग छलफल गरेको हो ।
प्रमाण सहित उजुरी परेको र बुधबार समिति बैठकमा उक्त उजुरीमाथि छलफल हुने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाले बुधबार उजुरीमाथि छलफल सकिएपछि बिहीबार प्रस्तावित प्रधानन्यायाधीश जोशीको अन्तिम सुनुवाई गर्ने जानकारी दिनुभयो ।
बैठकपछि उजुरीकर्ता हिमाल पौडेलले दीपकराज जोशीको अन्तरिम आदेशका कारण राज्यलाई पाँच अर्बभन्दा बढी घाटा लागेको , क्यासिनो बेल्लिज (मल्ल होटल) बाट करोडौं लिएर सञ्चालन गर्न अन्तरिम आदेश दिएको भन्दै उजुरी दिएको बताउनुभयो । त्यस्तै उजुरीकर्ता अधिवक्ता युवराज कोईरालाले देशका विभिन्न ठाउँका सरकारी खाली जग्गालाई व्यक्तिका नाउमा दर्ता गराउन सहयोग पुराएको भन्दै उजुरी दिएको बताउनुभयो ।
जोशीविरुद्ध परेका पाँचवटै उजुरीमा सार्वजनिक जग्गा लाखौं रुपैयाँ घुस खाएर व्यक्तिकरण गरिएको आरोप समेत लगाइएको छ । त्यस्तै सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण राज्यलाई ६१ अर्ब घाटा पुर्याउन सहयोग पुर्याएको उजुरीपनि जोशीमाथि छ ।
नारायण दाहालमार्फत चुणमणि शर्मालाई उन्मुक्ति दिने प्रयास गरेको उजुरी पनि समितिमा परेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक सूचनामार्फत उजुरी दिन आग्रह गरेको थियो । त्यसको म्याद आइतबार सकिएको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्