ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक पार्टीको नेता भएपछि शिक्षाको गुणस्तर खस्किदै: शिक्षा मन्त्री पोखरेल


bhawani desk

सप्तरी, ८ साउन । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले शिक्षकहरु राजनीति छोडेर पढाउने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

शिक्षकहरु आफूलाई राजनैतिक पार्टीको नेता ठानेर राजनीति गर्नतर्फ बढी ध्यान दिएपछि अहिले शिक्षाको गुणस्तर खस्किदै गरेको आरोप समेत लगाए । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार आयोजित स्थानिय सरकारको जनप्रतिनिधिका लागि शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सो आरोप लगाएका हुन् ।

शिक्षक कुनै पार्टीसँग आवद्ध हुनुहुदैन, शिक्षकले जे पढाउँछ बालबालिकाले त्यही नै सिक्छ, त्यसैले शिक्षकहरुले राजनीति छोडेर बालबालिकाको भविष्य बनाउने तर्फ ध्यान दिनुपर्ने उनले बताए ।

मन्त्री पोखरेलले शिक्षकहरुलाई पार्टी एवं टे«ड युनियनको छाप हटाई शिक्षा सुधार नीतिमा लाग्न आग्रह समेत गरे । कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सिकाई स्तरलाई माथि उठाउनका लागि स्थानिय तहका विद्यालयहरुमा आ–आफ्नो मातृ भाषामै पढाई हुनुपर्नेमा जोड समेत दिए ।

बालबालिकाले सबैभन्दा पहिला मातृभाषा नै सिक्ने हुनाले विद्यालयमा पनि सोही मातृभाषाको सिकाई आवश्यक रहेको जिकिर गरे । एक अर्को प्रसङ्गमा मन्त्री पोखरेलले अनसनरत डा. गोबिन्द केसीको बारेमा संचारमाध्यमहरुले अनावश्यक ढंगले प्रस्तुत गरेर भ्रम फैलाइरहेको आरोप लगाए ।

जुम्लाबाट काठमाडौं ल्याउने क्रममा सामान्य बल प्रयोगमात्र भएको बताउँदै उनले हुदै नभएको कुरा सञ्चार माध्यममा आएकोप्रति असन्तुष्टी जनाए । उनले केदारभक्त माथेमा आयोगले दिएको प्रतिवेदन अनुसार बनाइएको चिकित्सा शिक्षा अध्यादेशमा सरकारले थोरै परिमार्जन गरेको बताउँदै डा. केसीको सुझावलाई पनि सरकारले समेट्न तयार रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com