दाङ, ८ साउन । दाङ तुलसीपुर तत्कालीन रेडियो तुलसीपुरका अध्यक्ष हेमराज धितालको हत्या भएको असार ६ गते ठिक ८ बर्ष भयो । तर अहिले सम्म के कारणले हत्या भएको हो र हत्यारा कुन हो भन्न थाहाँ पाउन सकिएको छैन । शुरुदेखी प्रहरीले हत्याराको नजिक पुगेको भन्दै आएको आज ८ बर्ष भयो ।
धितालका परिवारले पनि अब पत्ता लाग्छ कि भन्दै आशु बगाएको पनि ८ बर्ष भयो तर जति गरेपनि हात्ति आयो हात्ति आयो फुस्सा भने झै भएको छ । धितालको हत्यारा पत्ता लगाउन दाङवाट विकास डाँगीको एक स्वर्गीय देवी प्रसाद धिताल (हेमराज)को २०६७ साल साउन ६ गते बेलुका साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा १२ जस्पुरमा एक हतियार धारी समुहले गोलि हानी हत्या गरेको थियो ।
तर, हत्या भएको ८ बर्ष सम्म पनि हत्यारा पत्ता नलाग्नुमा कुनैन कुनै षयड्न्त्र भएको दाङबासीको बुझाई छ । एशियामै उत्कृष्ट मानियको नेपाल प्रहरीले आठ बर्ष सम्म पनि एउटा घटनाको उचित छानबिन नहुनु अत्यन्तै दुखद दाङबासीको भनाई छ ।
हेमराज धितालको निधनले समाजमा अतुलनिय क्षति पुगेको भन्दै अब चाडो भन्दा चाडो हत्यारा पत्ता लगाउनु पर्ने उनीहरुको माग छ । धितालकी २१ वर्षिय छोरी मनिषा धितालले आफु १३ वर्षको हुदा वावाको हत्या भएको तर हाल सम्म पनी हत्यारा पत्ता नलाग्दा प्रहरी प्रशासनको समेत बिश्वास नलाग्ने बताईन । उनले कहिलेसम्म बुबाको हत्यारालाई खोजिरहने चाडै वावाको हत्यारा पत्ता लगाई दिनुहोस प्रशासनलाई आग्रह गरिन ।
यता प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले आफु धिताल हत्या काण्डका बारेमा गम्भीरतापूर्वक लागिपरेको बताउनु भयो । उहाले यस्ता घटनाहरु नेपाल प्रहरी पत्ता लगाउन चुक्यो भने नेपाल प्रहरीको बिश्वास जनतामा टुटेर जाने समेत बताउनुभयो । उहाले आफुले जिल्लाका सबै घटनाका बारेमा गम्भीर भएर नेपाल प्रहरीलाई बारम्बार सजगता बनाएको बताउनु भयो ।
त्यस्तै दाङ जिल्ला प्रमुख दुर्गा सिह चन्दले नेपाल प्रहरीले ठुला ठुला घठनाको पत्ता लगाएका घटनाहरु धेरै भएको भन्दै परिवारलाई धैर्य गर्न अनुरोध गर्नुभएको छ । यो घटना पनि गत माघ देखी केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले हेरेको एक दिन आवश्य हत्यारा पत्ता लाग्ने बताउनु भयो ।
हेमराज हत्या काण्डको ८ वर्ष पुरा भइसक्दा समेत दोषिको पहिचान र कानुनी कारवाही हुन नसक्दा धितालका परिवार जनले न्याय पाउन सकेका छैन्न । त्यसैले कुनै पनि राजनितकि दबाब विना हत्यारा पत्ता लगाउन धिताल परिवारमा लागेको घाउँलाई निको पार्ने राज्यले ध्यान दियोस ।
प्रतिक्रिया दिनुहोस्