काठमाडौं, ८ साउन। अर्थमन्त्री डा. युवराज खतिवडाले आतंककारी गतिविधिबाट आर्जित सम्पत्तिलाई नेपालमा भित्र्न नदिन सरकारले कडाई गरिरहेको दावी गर्नु भएको छ ।
अर्थमन्त्री खतिवडाले एशीया प्यासिफिक क्षेत्रका सबै राष्ट्रहरु मिलेर सम्पत्ति शुुद्धिकरण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिनु भयो ।
मंगलबार काठमाडौंमा आयोजित एशीया प्यासिफिक क्षेत्रको सम्पत्ति शुुद्धिकरणसम्बन्धि २१ को वार्षिक बैठकलाई सम्बोधन गर्दै उहाँले सम्पत्ति सुद्धिकरणको अभियानलाई प्रभावकारी बनाउन नेपाल सरकारले विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्न जोड दिएको पनि स्पष्ट पार्नु भयो ।
उहाँले नेपाल सरकारले सम्पत्ति शुद्धिकरणकै लागि सुशासनमा जोड दिएको पनि स्मरण गराउनु भयो ।
अर्थमन्त्री खतिवडाले नयाँ–नयाँ प्रविधिको उपयोग गरेर सम्पत्ति सुद्धिकरण अभियानलाई सफल बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । एशीया प्यासिफिक क्षेत्रका सम्पत्ति सुद्धिकरणका क्षेत्रमा कार्यरत विज्ञहरु सहभागी भएको सम्मेलनले अवैधानिक ढंगले हुने आर्थिक कारोबारलाई निष्तेज पार्न ठोस धारणा तय गर्ने दावी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्