काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले काग्रेस सरकारले ल्याएको चिकित्सा शिक्षा बिद्ययेक हुबहु पारित नभएसम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।
एक साता लामो यूरोप भ्रमणपछि स्वदेश फर्केका कांग्रेस उपसभापति निधिले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दे अनसनरत डाक्टर गोविन्द केसीले उठाएका मागलाई सम्बोधन गर्न यसअघिको सरकारले ल्याएको बिद्ययेक हुवहु पारित गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले संबोधन भइसकेको बिषयलाई सरकारले खोतलेर अनाबश्यक बिबाद सिर्जना गरेको आरोप लगाउनुभयो । नेता निधिले साउन १० गते पार्टीको बैठक बसेर आन्दोलनका थप कार्यक्रम सार्बजनिक गरिने उल्लेख गर्नुभयो ।
सरकारको रबैया बिरुद्ध कांग्रेस सडक र सदन दुबै मोर्चामा उत्रिएको उल्लेख गर्दै उहाँले शान्तिपूर्ण बिरोध प्रदर्शनमा सरकारी हस्तक्षेपको निन्दा गर्नुभयो । सरकारले यस किसिमको दमन र बर्बर प्रबृत्ति बन्द गर्नुपर्ने भन्दै नेता निधिले दमनमा नउत्रिन सरकारलाई चेतावनी दिनु भयो ।
कांग्रेस उपसभापति निधि नेपाली जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित बिस्तारित बैठक तथा कार्यकर्ता भेलामा सहभागी हुन साउन २ गते प्रस्थान गर्नु भएको थियो । उहाँ आफ्नो भ्रमण कार्यक्तम छोट्याएर मंगलबार स्वदेश फर्कनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्