ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासका काम राम्रो होस्, समय मै सकियोस् – पूर्वमन्त्री बस्नेत


bhawani desk

भक्तपुर, ८ साउन । प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको विकासका गतिविधिको अनुगमन शुरु गरेका छन ।

भक्तपुरमा आव ०७४-०७५ मा सडक, खानेपानी, ढल, करिडोर, विद्यालयलगायतका भौतिक पूर्वाधारसम्बन्धी विकासमा आएको बजेटको कामको प्रभावकारिता मूल्यांकन गर्दै विकासलाई तीव्रता दिन अनुगमन शुरु गरेको हो ।

डिभिजन सडक कार्यालय भक्तपुर, नगर विकास आयोजना भक्तपुर, केन्द्रीय सरकारबाट आएका बजेट, खानेपानी तथा सरसफाइ कार्यालयलगायतका विभिन्न कार्यालयमार्फत विनियोजित बजेटको कामको अवस्था जानकारी लिन अनुगमन शुरु गरेको प्रतिनिधिसभा सदस्य बस्नेतले जानकारी दिए ।

आफ्नै पहलमा भक्तपुरको विकासका लागि ल्याएको बजेटको कामको प्रभावकारितासमेत मूल्यांकन गर्न आफ्नै नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नगर विकास आयोजनाका प्रमुख, नवराज प्याकुरेल, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी, प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, नेकपाका जिल्ला अध्यक्ष बचन देउजालगायत सम्बन्धित कार्यालयका प्रमुख समेतको टोली बनाएर अनुगमन थालिएको हो ।

मध्यपुरथिमि नगरपालिकाअन्तर्गत बाहाखा बजार मूलपानी जाने सडक, बोडे सडक, नगदेशलगायतका थिमिमा नगर विकास आयोजना र डिभिजन सडक कार्यालय भक्तपुरमार्फत भएको सडक निर्माण, पर्खाल निर्माण, ड्रेन निर्माणलगायतको विकासका कामको अनुगमन गरेको हो ।

बस्नेतले अनुगमनकै क्रममा भने,आएको बजेटअनुसार काम भयो, भएन भनेर नहेर्ने, काम सकिएपछि यो भएन, त्यो भएन भनेर विरोध गर्ने हाम्रो प्रवृत्ति छ, त्यसलाई अन्त्य गर्नु जरुरी छ, अब स्थानीय सरकारका प्रतिनिधि, जनता, सम्बन्धित निकाय सबैले विकासको कामको अनुगमन गर्नु जरुरी छ, काम राम्रो होस्, समय मै सकियोस् भनेर विगत एक महिनादेखि अनुगमन शुरु गरेको हो ।”

बस्नेतले संसद् नभएको बेलामा साता दुई दिन आफ्नो क्षेत्रको विकास निर्माणको अनुगमन गर्ने र टोल टोलमा गएर जनतासँग भेटेर विकास निर्माणका कामका बारेमा भइरहेका गतिविधिको बारेमा जानकारी लिने, जनताको समस्या सुन्ने र समाधान गर्ने कार्य शुरु गरे ।

उनले भने, “भक्तपुरको विकासलाई अब कसैले रोक्न सक्दैन, यहाँ विकासले तीव्रता पाएको छ, म यसलाई रोक्न दिन्न, स्थानीय बजेटसंगै केन्द्रीय बजेट थप गराएर भए पनि आगामी पाँच वर्षमा यहाँको मुहार फेर्ने मेरो जिम्मेवारी म पूरा गर्छु ।

उहाँले बजेट लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको बताउँदै जनताको गुनासोलाई तत्कालै सम्बोधन गर्न म तल्लीन रहेको छु । बस्नेतले मध्यपुरथिमि नगरपालिकामा ३७ वटा आयोजनाको काम शुरु भइसकेको बताउँदै चालू आवमा यहाँको आवश्यकता र जनताको मागअनुसार स्रोत जुटाएर थप आयोजना सञ्चालन गर्न लागिरहेको बताए ।

जनमुखी विकासका काम गर्न आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत बताए । भक्तपुर निर्वाचन क्षेत्र नं २ मा मात्रै रु २० करोडको विकास निर्माण कार्य भइरहेको छ ।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्माण कार्य जिम्मा लिई काम नगर्ने निमार्ण व्यवसायीलाई तत्काल कानूनको दायरामा ल्याई कारबाहीको प्रक्रिया अगाडि बढाइने बताएका छन ।

डिभिजन सडक कार्यालय भक्तपुरको आयोजनामा निर्माणाधीन भइरहेको भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा निर्माणाधीन रु १२ करोड ३१ लाखको लागतमा निर्माण कार्य शुरु गरिएको बाखाबजार ९पुरानो बाटो०–हुलाक रोड-नगरपालिका भवन–मिलरोड–मनोहरा पुलसम्मको २.२ किलोमिटर सडक सन्तोसी पिआर जेभीले लिएको जसमा ६५ प्रतिशत काम सम्पन्न भएको छ ।

सडकको २०७३ साल जेठ २८ मा सम्झौता भई २०७५ साल असार १२ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने कार्य र बस्तीमा सीमांकन विवाद जारी रहेकाले समस्या आएको भन्दै १० महिना म्याद थप गरेर काम पूरा गर्न सकिने गरी काम भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले बताए।

यता हनुमन्ते खोला, अरनिको राजमार्ग, वप्पा पाटी विहार, बाहाखा बजार पुरानो बाटो १.६ किलोमिटर सडक रु चार करोड १२ लाखको लागतमा काम थाले पनि ३५ प्रतिशत मात्रै काम गरेको र काम अलपत्र छाडेपछिसुनौलो खिम्ती कन्ष्ट्रक्सन प्रालिलाई कारबाहीको तयारी गरिएको छ ।

त्यस्तै रु तीन करोड ३० लाखमा अरनिको राजमार्गबाट हनुमन्ते खोला सडक मनोहरा १/२ किलोमिटर र लोकन्थली मनोहरा पुलदेखि टीकाथली सडक ०.८ किलोमिटरको जिम्मा समानान्तर निर्माण सेवा प्रालिले २०७५ असार मसान्तसम्ममा कार्य सम्पन्न गर्नुपर्नेमा हालसम्म ३० प्रतिशत कार्य सम्पन्न भएको अनुगमनको क्रममा पाइएको छ ।

कतिपय आयोजनामा विद्युत् प्राधिकरणले पोल नहटाइ दिने, कतिपय आयोजनामा खानेपानी आयोजनाले ढल व्यवस्थापन परियोजनाले सडक ठेक्का दिइसकेपछि काम गर्न थाल्ने गर्दा पनि सडक निर्माणमा ढिलाइ हुने गरेको सडक कार्यालयको दाबी छ ।

प्रतिनिधिसभा सदस्य बस्नेतले निर्माण व्यवसायीले अब कुनै पनि बाहनामा पन्छिन नपाउँने बताउँदै समस्या भए स्थानीय सरकार, जनप्रतिनिधिसँग समन्वय गर्नुपर्ने बताए । अनुमगनमा भएका लापर्बाही हटाउन, काम तीव्र पार्न, गुणस्तरीय निर्माण गर्न र विभिन्न ठाउंमा विकासका आवश्यकताको पहिचान गरी आयोजना ल्याउन अनुमगनले मद्दत पुग्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com