ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरी चितवनमा पक्राउ भारतमा


एबीसी न्यूज

 

चितवन, ६ साउन । चितवन प्रहरीले झन्डै एक महिनाको अगाडि अर्थात असार ९ गते नारायणगढस्थित सुमित पौडेलको मोबाईल पसलमा चोरी गर्ने सबै अभियुक्तहरूलाई भारतीय प्रहरीको सहयोगमा महिना दिन नबित्दै पक्राउ गरेको छ । नारायणगढमा मोबाइल र घडी चोरी, खैरहनीमा ल्यापटप पसल चोरी र एक निजी घर पनि चोरी भएपछि प्रहरी उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको हो ।

नारायणगढमा रहेको सुमित पौडेलको मोबाईल पसलमा असार ९ पौडेलेको पसल चोरी भएको थियो । बिहान ८ बजे पौडेल पसल खोल्दा पसल चोरी भएको थाहा पाएलगत्तै उनले तत्कालै जिल्ला प्रहरी कार्यालय चितवन जानकारी गराएका थिए ।
सिसिटिभि फुटेज हेरी सकेपछि प्रहरीले अनुसन्धान थालेको थियो । अन्ततः चोरी भएको सामानसहित भारतीय प्रहरीले चोरलाई पक्रन सफल हुन्छ त्यसपछि चोर पक्राउ परेपछि उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, पसल सञ्चालक सुमित पौडेल र चितवन प्रहरीका प्रतिनिधि सहित उनीहरु झारखड प्रहरी थाना पुग्छन् । आफ्नो चोरी भएको आफ्नो सामानको पहिचान गरेका थिए ।

घट्ना लगत्तै चितवन प्रहरीले देखाएको सक्रियता तथा भारतीय प्रहरीसँगको समन्वयपछि चोर र सामान सहित प्रहरी पक्राउ गर्न सफल भएको थियो ।

प्रहरीले चोरी गरेको १४ सय पिस घडी र ३० पिस मोबाइल हराएकोमा चोरका साथबाट ३ सय २० पिस घडी र २१ पिस मोबाइल भारतीय प्रहरीले बरामद गर्‍यो । चोरी भएपछि पसल सञ्चालक पौडेल आफैँले भारत मोतिहारी जिल्लाका ढाका अदालतमा मुद्दा दर्ता गराएका छन् ।
उसो, त यो एक प्रतिनिधि उदाहरण मात्रै हुन् । जिल्लामा यस्ता थुप्रै घट्ना पनि छन् । जुन हाम्रो समाजमा हुँदै आएका छन् ।यस अगाडि नारायणगढकै ब्यस्त बजारमा रहेको आधुनिक सुनचाँदी पसलमा भएको चोरी घटनामा पनि घोडासनका चोरहरु संलग्न रहेका थिए ।

घोडासनमा रहेका चोरहरुको एउटा समूह नै चितवन र आसपासका जिल्लामा सक्रिय रहेको र उक्त समूहलाइ विभाजन गरी सुनचाँदी, मोबाइल, ल्यापटप पसल जस्ता महँगा ठाउँमा चलाखिका साथ चोरी गर्ने गरेकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय चितवनका एसपी शुशील सिंह राठौरले पनि चोरीका घट्ना बढेपछि त्यसप्रति सर्वसाधारण पहिलो चनाखो हुनपर्ने बताउदै चोरीका घट्ना बढ्न थालेपछि जिल्लामा विशेष सुरक्षा योजना लागु गर्ने गरेको समेत बताउनुभयो । चोरी नियन्त्रण गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले आम नागरिकले सावधानी अपनाउनुपर्ने राठौरको भनाइ छ । चोरी, डकैती र लुटपाटबाट बच्न चितवन प्रहरीले पटकपटक विशेष अनुरोध समेत गर्दैआएको छ ।

यसो गरे चोरीबाट बच्न सकिन्छ – एसपी राठौर
– घरबाट बाहिर निस्कदा झ्याल–ढोका राम्रोसँग बन्द गरी छिमेकीलाई जानकारी दिई जानुहोस् ।
– बहुमुल्य गरगहना तथा नगद घरमा नराख्नुहोुस् बैंकमा राख्ने गर्नुहोस् ।
– बहुमुल्य गरगहना लगाई कुनै मेला पर्वमा हिँडडुल नगर्नुहोस् र गरगहना लगाई हिँडडुल गर्दाको बखत सतर्क रहनुहोस् ।
– ढोकमा बाहिर देखिने ताल्चा लगाउँदा चोरलाई घरमा मान्छे छैन भन्ने जानकारी हुने र त्यस्तो ताल्चा फुटाउन समेत चोरलाई सहज हुने हुँदा घर, पसलको ढोकाको भित्री भागमा लगाईने भित्री ताल्चाको प्रयोग गर्नुहोस् ।
– भित्री ताल्चा प्रयोग गर्न सम्भव नभएमा साइरन जडित ताल्चाको प्रयोग गर्नुहोस् ।
– आफ्नो टोल छिमेकमा अपरिचित व्यक्ति देखा परेमा निगरानी राखी शंका लागेमा प्रहरीलाई खवर गर्नुहोस् ।
– ढोकामा आग्लो, गजवार वा बलियो छेस्किनी लगाउने व्यवस्था मिलाउनुहोस् ।
– टोलका मानिसहरु मिलेर सेक्युरिटी साइरन जडान गर्नुहोस् ।
– कम्पाउण्ड वाल लगाउँदा र त्यसमाथि ग्रिल लगाउँदा सुरक्षाको दृष्टिकोणले उपयुक्त हुने डिजाइनको लगाउनुहोस् ।
– बहुमूल्य गहना, वस्तु तथा ठूलो रकम लिइ एक्लै नहिँड्नुहोस्
– अपरिचित व्यक्तिहरुसँग अनावश्यक कुराकानी नगर्नुहोस् र उनीहरुलाई घर कम्पाउण्ड प्रवेश गर्न नदिनुहोस् ।
– टोल छिमेकमा नौलो तथा असामान्य मानिसहरु देखा परेमा विशेष निगरानी राख्नुहोस् ।
– घरको सुरक्षाको लागि सुरक्षाका उपकरणहरु र प्रविधिहरु जस्तै पर्याप्त उज्यालोको व्यवस्था, आपतकालिन साइरन सिसिटिभी वा स्थानीय स्तरमा उपलव्ध उपायहरु अवलम्वन गनुहोस् ।
– घरमा काम गर्ने वा भाडामा बस्ने व्यक्तिहरुको फोटो र स्थायी, अस्थायी ठेगाना राख्नुहोस् र उनीहरुको चाल चलनमा ध्यान दिनुहोस् ।
– टोल छिमिकमा रहेका बदमास र घरमा अवात जावत गर्ने अपरिचित व्यक्तिहरु माथि निगरानी राख्नुहोस् ।
– राती घर कम्पाउण्ड र कौशीमा पर्याप्त प्रकाशको व्यवस्था गर्नुहोस् र सम्भव भएसम्म कुकुर पाल्नुहोस् ।
– घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु भन्दा अगाडि ढोका वा झ्यालहरुमा चुकुल, गजवार वा पर्दा राम्ररी लगाएको छ छैन भन्ने बारे ध्यान दिनुहोस् ।
– लामो समयसम्मको लागि घरमा बाहिर जानु पर्दा आफ्नो विश्वासिलो व्यक्तिलाई जानकारी दिनुको साथै दैनिक रुपमा घरमा बसी लिँदै आएको सामाग्री लिन बन्द गरेर जानुहोस् ।

यस्तो अवस्था आएमा तुरुन्तै नजीकका प्रहरीलाई बोलाउनुहोस
– आफ्नो बस्तीमा होहल्ला भएमा ।
– कुसमयमा र कुठाउँमा अनावश्यक गुन्गुनाहट सुनेमा ।
– शंकास्पद सामान वा वस्तु ओसार पसार भएमा ।
– अचेत वा शंकास्पद रुपमा मानिस लडेको देखिएमा ।
– रक्सी खाएर गाडी हाँके जस्तो लागेमा ।
– बस्तीमा नयाँ अनुहारहरु शंकास्पद गतिविधि गरिरहेको देखेमा ।
– जुवा तास ९कौडा, डाइस, तिन गोटी० खेलाएको, खेलेको देखेमा ।
– कसैको घर वा घर नजिक शंकास्पद जमघट देखिएमा ।
– बिस्फोटक जन्य पदार्थको बेचबिखन, ओसार–पसार वा प्रयोग भएको देखेमा ।
– आवारा प्रकृतिका युवाहरुको जमघट देखेमा वा बेश्याबृती भएमा ।
– एकान्त स्थानमा मानिसहरुको जमघट भइरहेको देखेमा ।
– हतार हतार कोही मानिस भागिरहेको देखेमा ।
– हातमा हातहतियार बोकी हिँडिरहेको देखेमा ।
– नसाको प्रभावमा हिँडिरहेको देखेमा ।
– घाइते भई शंकास्पद रुममा हिँडिरहेको वा भागीरहेको देखेमा
– बेचबिखनमा अनियमितता वा कालोबजारी भइरहेको देखेमा
– सवारी साधनहरुको नम्बरहरु पोतिएको र छोपेको देखेमा ।
– समयमै घर आउने मानिस घर नआएमा ।
– निषेधित वस्तुको उत्पादन, ओसार पसार, बेचबिखन र उपभोग भएको देखेमा ।
– मानवीय र दैवी विपत्ती परेमा वा दुर्घटना भएमा ।

चितवन प्रहरीलाई खबर गर्ने माध्यम
जिल्ला प्रहरी कार्यालय चितवनको कन्ट्रोल नम्बर – १००, ०५६–५२४२४१ वा ९८५५०९०१३३
चितवन प्रहरी प्रमुख सुशील सिंह राठौर – ९८५५०१५५५५
वर्डा प्रहरी कार्यालय नारायणगढ – ९८५५०९०१३२
ईलाका प्रहरी कार्यालय रत्ननगर – ९८५५०९०१३५
ईलाका प्रहरी कार्यालय खैरहनी – ९८५५०९०१३१

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com