ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो


एबीसी न्यूज
फाल्गुन १२, २०८२ मंगलबार  १२ : १३ बजे

काठमाडौं, १२ फागुन । अमेरिकाको भर्जिनियाको म्यान्टुवाका एक नेपाली व्यक्तिले आफ्नै परिवारका तीन सदस्यमाथि खुँडा प्रहार गरेपछि उनलाई फेयरफ्याक्स काउन्टी प्रहरीले गोली हानी मारिदिएको छ।

आक्रमणमा परेकी उनकी छोरी र श्रीमतीको ज्यान गएको जनाइएको छ।फेयरफ्याक्स काउन्टी प्रहरी विभागका अनुसार बिहान करिब ५ बजेपछि पर्सिमन सर्कलको ३९०० ब्लकमा उक्त घटना भएको हो। आक्रमणबाट गम्भीर घाइते भएकी छोरीलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो भने श्रीमतीलाई अस्पताल लगिएपछि स्थानिय समय अनुसार बिहान ९ बज्नुअघि मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रमुख केभिन डेभिसका अनुसार घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले ती व्यक्तिलाई ज्वाइँमाथि खुडाप्रहार गरिरहेको अवस्थामा भेटेका थिए। उनलाई छुरा फ्याँक्न पटक–पटक चेतावनी दिइए पनि उनले अटेर गरेपछि एक प्रहरी अधिकृतले गोली चलाएका थिए। गोली लागेपछि प्रहरीले उनको मुटुको धड्कन फर्काउन सीपीआर प्रयास गरे पनि उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। उक्त घटना नेपाली समुदायभित्र भएको भएपनि उनको पहिचान अझै सार्वजनिक गरिएको छैन। यो घटनाले सबैलाइ स्तब्ध बनाएको छ।

सबैको पहिचान प्रहरीले सार्वजानिक गरेको छैन्। यद्यपी गोलीले मारिने ब्यक्ति नेपालीनै भएको पुष्टि भएसँगै उनकै परिवारका सदस्य मारिएकाले सबै नेपाली भएको आसंका गरिएको छ।
प्रहरीका अनुसार घटना सुरु हुँदा ज्वाइँ घरबाहिर थिए। घरभित्रबाट हल्ला सुनेपछि उनी भित्र पसेका थिए, जहाँ उनले आफ्नी श्रीमती र सासूमाथि ती व्यक्तिले छुरा प्रहार गरिरहेको देखेका थिए। यसैबीच, ज्वाइँ गम्भीर घाइते भएका छन् र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। पचास वर्ष नाघेका व्यक्तिले आफ्नै परिवारमाथि गरेको यो नरसंहार कल्पनाभन्दा बाहिर रहेको प्रहरी प्रमुख डेभिसले बताएका छन्।

घरमा रहेका एक वर्षका बालक भने सकुशल भेटिएका छन्। घटनामा प्रयोग गरिएको भनिएको खुडा पनि प्रहरीले घटनास्थलबाट बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com