ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?


एबीसी न्यूज
फाल्गुन १२, २०८२ मंगलबार  १ : २५ बजे

काठमाडौं, १२ फागुन । देवराज घिमिरे ले रवि लामिछाने प्रति लक्षित गर्दै निर्वाचित भए पनि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधार नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहेको भन्दै प्रश्न उठाएका छन्।

मंगलबार विज्ञप्ति जारी गर्दै निवर्तमान सभामुख घिमिरेले लामिछानेले जनतालाई भावनामा बहकाउँदै अरूविरुद्ध अफवाह, घृणा र लाञ्छना फैलाएको आरोप लगाएका हुन्। उनले लोकतान्त्रिक अभ्यासमा उम्मेदवारहरूले आफ्ना एजेन्डा र कार्यक्रम प्रस्तुत गर्नुपर्ने भए पनि व्यक्तिगत आरोप र विभाजनकारी अभिव्यक्तिले दीर्घकालीन राजनीतिक फाइदा नदिने बताए।

घिमिरेले विज्ञप्तिमा भनेका छन्, “रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु। तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु— निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ? तर म आक्षेप र आफू माथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन।”

बिर्तामोडमा आयोजित कार्यक्रममा लामिछानेले आफूलाई ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर आरोप लगाएकोप्रति घिमिरेले आपत्ति जनाएका छन्। उनले संसदमा माइक काट्ने वा समय सीमित गर्ने विषय सभामुखको व्यक्तिगत निर्णय नभई पूर्वनिर्धारित समय र नियमावलीअनुसार हुने स्पष्ट पारे।

“जहाँसम्म संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति दिने अधिकार छ। तर संसदीय अभ्यासअनुसार सबै वक्तालाई समान अवसर दिन र छलफल व्यवस्थित गर्न समय निर्धारण गरिन्छ। माइक काट्ने विषय व्यक्तिगत धारणा होइन, नियमावलीअनुसारको प्रक्रिया हो,” विज्ञप्तिमा उल्लेख छ।

घिमिरेले आफू मात्र नभई उपसभामुख वा सभाको अध्यक्षता गरिरहेका अन्य माननीयका पालामा पनि माइक काटिएको उदाहरण रहेको बताए। संसदको वेबसाइटमा यससम्बन्धी विवरण हेर्न सकिने उल्लेख गर्दै उनले संसदीय अभ्यासबारे सामान्य जानकारी हुने व्यक्तिले यस्ता विषय नबुझ्नु अस्वाभाविक हुने टिप्पणी गरे।

झापा क्षेत्र नम्बर २ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधिसभा सदस्य नै उम्मेदवार रहेको सन्दर्भ उल्लेख गर्दै घिमिरेले प्रतिस्पर्धीबारे टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै जनाएको स्मरण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि दमक पुग्दा बालेन ‘गयल’ : आफ्नै क्षेत्रमा सभापति आउँदा इटहरी छिरे वरिष्ठ नेता !’

जेनजीको विद्रोह: : कांग्रेसले अँगाल्यो, एमालेले षड्यन्त्र ठहर्‍यायो !’

सम्बन्धित

रवि दमक पुग्दा बालेन ‘गयल’ : आफ्नै क्षेत्रमा सभापति आउँदा इटहरी छिरे वरिष्ठ नेता !’

जेनजीको विद्रोह: : कांग्रेसले अँगाल्यो, एमालेले षड्यन्त्र ठहर्‍यायो !’

निर्वाचनपछि सरकारमा नेकपाको भूमिका महत्वपूर्ण हुनेवाला छ : प्रचण्ड

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

इरानमा अमेरिकी हमलाको आशंका तीव्र, कूटनीतिज्ञलाई फर्कन आदेश

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com