ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते


एबीसी न्यूज
फाल्गुन १३, २०८२ बुधबार  १० : ०८ बजे

काठमाडौं, १३ फागुन । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर दुई जना घाइते भएका छन् ।
चुनाव प्रचारप्रसारको लागि धरदैलो गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई जना कार्यकर्ता घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेक टोलमा चुनाव प्रचारप्रसारको क्रममा दुवैपक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।झडपमा परी घाइते हुनेमा डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र सोही ठाउँका अन्दाजी २६ वर्षीय माधव धामी रहेका छन् ।चुनाव प्रचारप्रसारको लागि धरदैलो कार्यक्रम गर्ने क्रमामा दुवै पक्षबीच झडप भएको प्रहरी निरीक्षक सिंहले बताए ।घाइते भएका जनकको टाउको र निधारमा चोट लागेको, माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए । उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ ।घटनामा अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

झापा-५ : ओलीको विरासत जोगाउने लडाइँ कि बालेनको उभार? ‘म्याच फिक्सिङ’ आरोपबीच पेचिलो बन्दै चुनाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com