ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा


एबीसी न्यूज
फाल्गुन १२, २०८२ मंगलबार   ९ : ०८   बजे

काठमाडौं, १२ फागुन । आगामी प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्ने जोखिमपूर्ण १२ समूह सक्रिय रहेको प्रहरी र सुरक्षा स्रोतहरूले पुष्टि गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले ९ फागुनमा बुटवलमा चुनाव बहिष्कार गर्ने समूहमाथि गम्भीर आरोप लगाउँदै ती समूहलाई चन्दा संकलन र संगठनबिना बहिष्कारको अवसर उपयोग गर्ने प्रवृत्तिमा संलग्न भएको बताइन्। उनले सुरक्षा निकायलाई यस्तो समूहको निगरानी गरेर निर्वाचन सुरक्षित बनाउन निर्देशन दिइन्।

सुरक्षा निकायको विश्लेषणअनुसार यी १२ समूहमा राजावादीदेखि क्रान्तिकारी कम्युनिस्ट, समाजवादी समूहसम्म पर्छन्। प्रमुख समूहमा दुर्गा प्रसाईं नेतृत्वको “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान”, पूर्वराजा ज्ञानेन्द्र शाह निकट “शाही युवा शक्ति नेपाल”, सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, महेन्द्र मल्लको नेकपा जनपक्ष, ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी लगायत रहेका छन्।

रोहिंग्या शरणार्थी समूहलाई पनि उच्च जोखिम भएकाले सुरक्षा निकायले निगरानीमा राखेको छ।

नेपाल प्रहरीले पछिल्लो चार महिनादेखि यी समूहको गतिविधि, क्षमता र संभावित सुरक्षा चुनौतीको सूक्ष्म विश्लेषण गर्दै आएको छ। एसएसपी दयानिधि ज्ञवालीको नेतृत्वमा “निर्वाचन सुरक्षा विश्लेषण महाशाखा” गठन गरिएको छ, जसले जिल्ला, प्रदेश र स्थानीय प्रहरी इकाईबाट रिपोर्ट संकलन गरी रणनीति तयार पारिरहेको छ।

अहिलेसम्म १६ जनालाई निर्वाचन बिथोल्ने प्रयास गरेको आरोपमा नियन्त्रणमा लिइएको छ भने २६ जनालाई छाडिएको छ।

निर्वाचन बहिष्कार र बिथोल्नेलाई लक्षित गर्ने गतिविधि नयाँ होइन। २०७० देखि विभिन्न निर्वाचनमा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, सीपी गजुरेल समूह र अन्य दलहरूले बहिष्कार गर्दै आएका छन्। तर सुरक्षा निकायको बुझाइ अनुसार, बहिष्कारका यी समूहहरूको प्रयासले निर्वाचन बिथोल्न सक्ने पर्याप्त क्षमता राख्दैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group