ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजस्व अनुसन्धान विभागको छापा : खुल्यो अर्ब ठगीको रहस्य


एबीसी न्यूज
श्रावण ६, २०७५ आईतबार  ४ : ५७ बजे

काठमाडौं, ६ साउन । भैरहवामा टेलरिङ व्यवसाय गरेर कमला रसाइली आफ्नो जीवन गुजारा गर्दै आएकी थिर्इन् । कपडा सिलाएर जीविकोपार्जन गर्दै आएकी रसाइलीसँग नवराज उपाध्यायको भेट भयो।

केही वर्ष अघि भेट भएका उपाध्यायले रसाइलीलार्इ कम्पनी खडा गरेर संयुक्त व्यापारको प्रस्ताव गरे।महिनावारी चार पाँच हजार रुपैयाँ र टेलरिङका लागि आवश्यक पर्ने कपडा पनि दिने प्रस्ताव रसाइलीका लागि आकर्षक थियो।

नवराजको प्रस्ताव सहर्ष स्वीकार गर्दै उनले आफ्नो नाममा कम्पनी स्थापनका लागि सबै कागजात दिइन्। उनको नाममा शुभ इन्टरप्राइजेज नामको फर्म दर्ता भयो।महिनाको चार पाँच हजार र टेलरिङका लागि आवश्यक कपडा आउँदा उनी मख्ख थिइन्। कम्पनीको कारोबारका बारेमा रसाइलीलार्इ कुनै जानकारी थिएन।
‘

दुर्इ साताअघि शुभ इन्टरप्राइजेजमा राजस्व अनुसन्धान विभागले छापा मार्यो। विभागले कम्पनीका सबै कागजात नियन्त्रणमा लिँदै रसाइलीसहित नवराज र उनका छोरा शंशाकलार्इ समेत पक्राउ गर्यो।

आफू पक्राउ परेपछि मात्रै आफ्नो नाममा कम्पनी स्थापना गरेर ठगी धन्दा चलाएको जानकारी पाइन्। जब उनले आफ्नो नाममा स्थापना भएको कम्पनीले करोडौंको राजस्व छली गरेको थाहा पाइन् रसाइली छांगाबाट खसेकोजस्तै भइन्।

अवैध व्यापारका लागि उपाध्याय बाबुछोराले रसाइलीलार्इ प्रयोग गरे।अवैध कारोबारका लागि रसाइलीजस्ता प्रयोग भएको पहिलो होइन। तर अहिले भने विभागले कुनै मोहरा होइन मूख्य अभियुक्तलार्इ पक्राउ गरेको छ।

भैरहवा भन्सार कार्यालयमा नवराज भन्सार एजेन्टका रुपमा कार्यरत छन्। मालसामान छुटाउने भन्सार एजेन्टको कामले मात्रै उनलार्इ पुगेन्। त्यसपछि उनले टेलरिङ व्यवसाय गरिरहेकी रसाइलीको नाममा कम्पनी खडा गरे र राजस्व छली गर्न मूल्य अभृद्धि कर भ्याटको नक्कली बिल तयार पार्न थाले।

सामान आयात गर्दा अन्य व्यवसायीलाई नक्कली कारोबार गर्न लगाउने र आफूहरु पनि नक्कली विवरण तयार गर्न थाले। नक्कली विल जारी गरेको भेटिएपछि विभागले यो कम्पनीमा छापा मारेपछि नवराज र उनका छोरा शंशाकको मास्टरप्लान बाहिर आयो। उपाध्यायले १८ करोड रुपैयाँ राजस्व छली हुने गरी नक्कली कागजपत्र बनाई कारोबार गरिरहेको भेटिएको हो।

भैरहवा भन्सार हुँदै भित्रिएका सामानको पनि नक्कली कागजपत्र तयार गरेको, भन्सार बाहिरबाट पनि चोरी पैठारीका सामान ल्याउने गरेको, अरुको नाममा फर्म दर्ता गरेर आफू कारोबार गर्ने गरेको अनुसन्धानका क्रममा भेटिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए।

विभागले नवराजलाई यो घटनाको मूख्य अभियुक्त बनाएको छ। उनका छोरा शशांक र टेलरिङ सञ्चालिका रसाइलीलाई मतियार बनाएर जिल्ला अदालत रुपन्देहीमा राजस्व छली सम्बन्धी मुद्दा दायर गरेको छ। स्रोतका अनुसार तीन जनालाई गरी ९९ करोड रुपैयाँ बिगो दावीसहित मुद्दा दायर भएको छ।

सुराकीबाट प्राप्त विवरण तथा छापा मार्दा बरामद भएको कागजपत्र हेर्दा उनीहरुले राजस्व छलीका लागि हदैसम्मको काम गर्ने गरेको पुष्टी हुन्छ, ती अधिकारीले भने। कानुनीरुपमा शुभ इन्टरप्राइजेजको स्वामित्व रसाइलीको नाममा भए पनि कारोबारमा भने उनको प्रत्यक्ष संलग्नता नदेखिएको अनुसन्धानले देखिएको छ।

रसाइलीले त्यसबाट ठुलो मुनाफा भन्दा पनि खनालले मासिकरुपमा २ , ४ हजार रुपैयाँ र भारतबाट उनको टेलरिङका लागि आवश्यक पर्ने लेडिज कपडा केही थान ल्याइदिने गरेको देखिएको छ। ती अधिकारीले भने, उनले आफ्नो बयानमा पनि फर्म दर्ता गर्दा राम्रो हुन्छ भनेर नवराजले भनेको र आफूले केही थाहा नभई फर्म मात्रै दर्ता गरेको उल्लेख गरेकी छन्।‘

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com