ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडाध्यक्ष वस्नेतले गरे नगरपालिकाले दिएकोे मोटरसाइकल फिर्ता


एबीसी न्यूज

झापा, ६  साउन  । झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्षले नगरले दिएको सुविधा फिर्ता गरेका छन् । नगरका ११ वटै वडाका अध्यक्षको यातायात सुविधाका लागि प्रदान गरेको यामाहा कम्पनीका १२५ सीसीको मोटरसाइकल वडाध्यक्ष केयरसिंह वस्नेतले फिर्ता गरेका हुन् ।

वडा कार्यालयमा शनिबार आयोजित एक औपचारीक कार्यक्रमा वडाध्यक्ष वस्नेतले नगरले दिएको सुविधाको मोटरसाइकल फिर्ताको घोषणा गरे । उनले मोटर साइकलको ठाउँमा साइकलको माग समेत गरे । मोटर साइकलको चावी नगरकी उपमेयर भोजकुमारी नेपाललाई फिर्ता गर्दै उनले भने, वडा सदस्य साइकलमा म मोटर साइकलमा सुहाएन नि, बस्नेतका अनुसार वडाका नागरिकको सेवा सुविधाकालागि आफुले साइकलबाटै पनि पर्याप्त समय र काम निकाल्न सकिने बताए ।

वडाध्यक्ष बस्नेतले सुविधाको मोटर साइकल फिर्ता गरेर ५ ओटा साइकल माग गरेका छन् । उनले आफु लगायत वडा सदस्यहरुका लागि साइकल माग गरेका हुन् । आफुले फिर्ता गरी माग गरेको साइकलबाट पनि बचेको रकम वडाको घले बाँधलाई संरक्षण गर्ने बताए । उनले यसरी बचेको रकम विकास निर्माण मै खर्चिने समेत जानकारी दिए । यसअघि वडा नं. ६ का वडाध्यक्ष मनोज खुलालले नगर दिएको सुविधाको मोटरसाइकल लिएका थिएनन् ।

गत वर्षको योजना समीक्षा र चालु आर्थिक वर्षको योजनाको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वडा नंं ८ लाई नगरकै नमुना वडाका रुपमा विकास गर्न वडा समिति तल्लिन रहेको वडा सचिव पुष्प पाण्डेले बताए । झिलझिले बजार र डुडाँमारी बजार उत्तरको अव्यवस्थित वंगुरको खोरलाई व्यवस्थित गरेर वडालाई स्वच्छ र सफा वडाको रुपमा विकास गरिने पनि पाण्डेले जानकारी दिए ।

त्यस्तै वडाले बाल तथा वातावरण मैत्री वडा शासन, झिलझिलेमा विद्युतीय विलिङ्ग काउण्टर स्थापाना गर्ने बताएको छ । वडामा रहेको एतिहासिक तथा धार्मिक क्षेत्रहरुको संरक्षण, वडा रिङ्गरोड बनाउने चालु वर्षका लागि योजना अघि सारेको वडा सचिव पाण्डेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले वडालाई दिएको सुविधा फिर्ता गरेको साँचो नगरलाई बुझाउने भन्दै जनताले विकासलागी गरेको संकल्प अब छिट्टै पुरा हुने बताइन् । नगरले यस चालु वर्षमा नगर रिङ्गरोड तथा ट्रङ रोडहरुलाई कालो पत्रे गर्ने काम सुरु गर्ने जानकारी दिइन् । उनले धैरै बाटा ग्राभेल भईसकेकाले चालु वर्षमा कालो पत्रेको योजना अघिबढेको बताईन् ।

नेपाली कांग्रेसका सन्त फेवदिनले नगर र वडाले प्रतिपक्षले ल्याएका हरेक योजना नसमेटेको गुनासो गरे । उनले भने वडाध्यक्ष वस्नेतले ल्याएको नमुना वडाको विषय सकारात्मक भए पनि यो पुरा गर्न भने चुनौति रहेको बताए । नमुना नगर बनाउन शिक्षाको गुणस्तर विद्यालयको सुधार, स्वास्थ्य, विद्युतिकरण, बजारका ढल, फोहोर मैला व्यवस्थापन लगायतका कामहरु पुरा भए मात्र नमुना वडाका लागि ढोका खुल्ने जानकारी दिए । वडाध्यक्ष वस्नेतको अध्यक्षतामा भएको कार्यक्रम वडाका कर्मचारी कुमारसिंह साँवाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com