काठमाडौं,५ साउन । डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राजधानीको माईतीघर मण्डलामा वृहत प्रर्दशन गरिएको छ ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दे अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदै गएको भन्दै विभिन्न अधिकारवादी संघ संस्था लगायतले सनिबार मण्डलामा वृहत प्रर्दशन गरेका हुन् ।
प्रर्दशनमा विवेकशिल साझा पार्टीका रविन्द्र मिश्र, पुर्व प्रधानन्यायाधीश शुशिला कार्की, अधिकारकर्मी कृष्ण पहाडी, नया शक्ति पार्टीका हिसिला यमी, करिष्मा मानन्धर लगायत अधिकारकर्मी, कानुनव्यवसायी, नागरिक समाजका अगुवा तथा डाक्टर केसीका समर्थकहरु सहभागी भएका थिए ।
प्रर्दनशकारीले माथेमा प्रतिवेदन कार्यान्वय गर, डाक्टर केसीको माग पुरा गर भन्ने प्ले कार्ड लिएका थिए । डाक्टर केसीको मागमा ऐक्यद्धता जनाउदै प्रर्दशनमा सहभागी भएका समर्थकले हाम्रो स्वास्थ्य हाम्रो, हात डाक्टर केसीलाई समर्थन, गुणस्तरीय शिक्षाको पहुँच कायम गर ”लगायतका नारा लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्