ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुकबाट साथी बनाएर अप्राकृतिक मैथुनको आरोपमा स्वीस नागरिक पक्राउ


एबीसी न्यूज
श्रावण ४, २०७५ शुक्रबार  ८ : ४२ बजे

काठमाडौं, ४ साउन। विभिन्न व्यक्तिलाई फेसबुकबाट साथी बनाउँदै अप्राकृतिक यौन दुराचार गरेको आरोपमा एकजना वृद्ध विदेशी नागरिक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनले किशोरहरुलाई म्यासेन्जरबाट साथी बनाएर होटलमा बोलाउँदै अप्राकृतिक यौन सम्बन्ध राख्ने गरेका थिए । यौन दुराचारको आरोपमा पक्राउ पर्ने स्वीस नागरिक पिटर क्रिश्चियन लानजेन्डोर्फ उमेरले वृद्ध हुन् । उनी ६६ वर्ष पुगेका छन् । उनी भक्तपुरको शिद्धपोखरीमा अस्थायी बसोबास गर्दै आएको थिए ।

पिटरलाई प्रहरीले बिहीबार पक्राउ गरी जबरजस्तीकरणी महल बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाएको छ ।
उनले काठमाडौंको बाफल बस्ने वर्ष १६ का नाबालकसँग फेसबुकमार्फत साथी बनाई आर्थिक प्रलोभन देखाएर यौन दुव्र्यवहार गरेको महागनरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले बताए ।

प्रहरीका अनुसार पिटर चुच्चेपाटीमा रहेको टिगर इन होटल र भक्तपुरको दरबार स्वायरमा रहेको वेलकम हेरिटेज इनमा पार्टनरसीपमा काम गर्दै आएका थिए ।
कुनै किसिमको अप्राकृतिक मैथुन गरेमा जबजजस्ती करणीको महलको दफा ३ अनुसार हुने सजायँमा थप १ वर्ष कैद हुने व्यवस्था मुलुकी ऐनमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com