ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमै घट्यो अनौठो घटना: विवाहकै दिन श्रीमतीले पाईन घोर्ले छोरो


एबीसी न्यूज


लहान, ४ साउन । सिरहा सुखिपुर नगरपालिका ४ को मा स्थानीय उमेश मोचीले बिहे गरेर घर ल्याएकै दिन दुलहीले बच्चा जन्माइन्। यो घटना अहिले चर्चाको विषय बनेको छ।
उमेशले बरियारपटी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग जन्ती लगेर धुमधामका साथ विवाह गरेका हुन्। तर, उनले विवाहको हरेक प्रक्रिया पूरा गर्दा पनि दुलही गर्भवती रहेको थाहा पाएनन्। बिवाहकै रात दुलहीले छोरा जन्माइन्। त्यसपछि उनी आश्चर्यमा परे।

केटाले पहिल्यैदेखि प्रेम गरेको र बिहे गरेको केही महिनामै सन्तान जन्मिएका घटना थुप्रै छन्। अझ कतिपयले त सन्तान भएपछि विवाह गरेका घटना पनि समाजमा देखिन्छन्। तर, उमेश भने ठूलो फन्दामा परे। उनले बिहे गरेकी केटीसँग प्रेम पनि गरेका थिएनन्। तर, बिहे गरेर घर भित्र्याएकै दिन दुलहीले बच्चा जन्माएपछि गाउँमा मात्र होइन् देश विदेशमा चर्चा चुलिएको छ। यो घटनाले उमेशका परिवार लज्जित बनेको स्थानीय एक युवकले बताए। उनका अनुसार उमेश लाजले घरबाट निस्कन समेत मानेका छैन्।

बिहे गरेर घरमा भित्रिएकै दिन बच्चा जन्माएकी शोभा भने समस्यामा परेकी छन्। उनलाई श्रीमानले नराख्ने भनेपछि समाजले बिहेकै भोलिपल्ट माइत पठाएका छन्। शोभा घर फिर्ता भएपछि समाज तनावमा परेको स्थानीय नथुनी रामले बताए। उनले भने, ‘युवती हेरेर बिहे भयो। तर, कसैले थाहा पाएन। यो नै आश्चर्यको कुरा हो।’

उनले भने, ‘शोभासँग सोधपुछ गर्दा परोसी युवक उमेशसँग प्रेम गरेको र उनीसँगै यौनसम्बन्ध राख्दा गर्भ बसेको बताइन्। त्यसपछि अहिले शोभालाई उमेशको घर पठाएका छन्।’ उनले युवती जो युवकसँग प्रेम गरेका थिए, ति युवक साउदी पुगेका कारण समस्या सिर्जना भएको बताए। प्रेम गरेर गर्भवती बनाएका युवक उमेशले आफूले आएपछि बिहे गर्ने भनेर फोनमा प्रतिबद्धता समेत जनाएको उनले बताए।

प्रेम गरेर गर्भ बसालेका उमेशका बुबा राजकुमार मोची र शोभाका बुवा रामवली रामले ठूलो गल्ती गरेको निष्कर्ष निकाल्दै समाजले दुबै जनालाई जरिवाना गरेका छन्। युवतीका बुबासँग २ लाख ५० हजार र गर्भवती बनाएका युवकका बुबासँग २ लाख रुपैयाँ जरिवाना गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com