ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राकृतिक सम्पदाको दोहनबाट वातावरणीय समस्या


bhawani desk

जनकपुर, २ साउन । प्राकृतिक सम्पदाको अधिक दोहनका कारण प्रदेश नं २ मा वातावरणीय समस्या सघन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।

नेपाल वातावरण पत्रकार समूहद्वारा आज यहाँ आयोजित सञ्चार बहस–प्राथमिकतामा वातावरण विषयको कार्यक्रममा सहभागीहरूले चुरे विनाशले जल, वायु, कृषि र नदीमा नकारात्मक प्रभाव पारिहेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

सडक, विमानस्थल, रेल्वे विस्तार, बसोबासको नाममा वन फाड्ने र रूख काट्ने जस्ता क्रियाकलापले पर्यावरणीय संकट गहिरिँदै उनीहरुको भनाइ थियो ।

सो अवसरमा प्रदेशका आन्तरिक मामिला र कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले अधिक राजनीतिका कारण चुरे क्षेत्रको बिग्रँदो अवस्थाप्रति ध्यान नपुगेको बताएका छन ।

अनियन्त्रित बसोबास र खुला चरिचरनलाई रोक्नेतर्फ अग्रसर नभएमा वातावरणीय संकट बढ्दै जाने चिन्ता पनि उहांले व्यक्त गरे ।

प्रदेशसभा सदस्य रामसरोज यादवले वातावरणीय सन्तुलनका लागि चुरे क्षेत्रको संरक्षण आवश्यक रहेको बताए ।

अर्का प्रदेशसभा सदस्य रामअशीष यादवले ८४ वटा स्थानीय तहमा वनविहीनको अवस्था रहेको बताउँदै चुरे संरक्षणका लागि इमानन्दारिता र क्रियाशीलताको जरूरी रहेको औंल्याएका छन ।

अग्रज पत्रकार चन्द्रकिशोरले विकासको काम गर्दा वातावरणीय पक्षलाई ध्यान नदिँदा प्रदेश नं २ मा वन, नदी, जैविक विविधताप्रति नकारात्मक प्रभाव परिरहेको प्रसङ्ग उल्लेख गर्दै प्रस्तावित निजगढ विमानस्थल निर्माणमा वन माफियाको चलखेलले भविष्यमा वातावरणीय संकट आउने सम्भावना देखिएको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं २ का अध्यक्ष सोमप्रसाद शर्माले बालुवा, गिट्टी निकासीमा माफियाकरण, केन्द्र सरकारको बक्र दृष्टिका कारण प्रदेशको वातावरणीय समस्यामा वृद्धि भएको चर्चा गर्दै भू–उपयोग नीति निर्माण हुनुपर्ने खाँचो औल्याए ।

वन प्राविधिक सुरेश शर्मा र राम स्वार्थ साहले अव्यवस्थित बसोबास, अतिक्रमण, डढेलो, चरिचरन, राजनीतिक दलको भोट बैंक, ठूला आयोजनाको निर्माणले वन क्षेत्रको अवस्था बिग्रँदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com