जाजरकोट, २ असार । रुकुम(पूर्व)को सिस्ने गाउँपालिका पाँचमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
सिस्ने गाउँपालिकाको रुकुमकोटबाट साही गाउँपालिकाको धौलापैरा भन्ने ठाउँमा जादै गरेको लु १ ज २५७३ नम्बरको जीप धारपानीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन् ।
दुर्घटनामा परी केहि यात्रु घाईते पनि भएका छन् । घाईतेलाई उद्धार गरी स्वास्थ्य संस्थासम्म ल्याउँने काम भैरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
प्रतिक्रिया दिनुहोस्