
काठमाडौं,२ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा पहुंच बढाएर मुलुकलाई समृद्ध बनाउन जोड दिइएको स्पष्ट पार्नु भएको छ ।
अर्थमन्त्री खतिवडाले मुलुकको उत्पादकत्व बढाउनका लागि सबै नागरिकलाई सिपयुक्त ज्ञान र प्रविधिमा पहुंच बढाउने विषयलाई सरकारले बजेटमार्फत् जोड दिएको पनि स्मरण गराएका छन ।
बुधबार प्रवासी नेपाली मंच, अमेरिकाले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा समावेशी समृद्धिका लागि सम्भावना र चुनौति’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले प्रविधिमा सबै नागरिकको पहुँच वृद्धि गरेर मात्रै मुलुकलाई विकाशशील राष्ट्रको सूचिमा पु¥याउन ढिलाई नहुने धारणा पनि राखे ।
अर्थमन्त्री खतिवडाले सरकारले मुलुकको समृद्धिका लागि स्वस्थ र शिक्षित नागरिकको परिकल्पना गरेकाले बजेट तथा नीति र कार्यक्रममा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई पनि उच्च प्राथमिकता दिएको तर्क व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अमेरिकास्थित युनिर्भसिटी अफ मिनासोटाका सह–प्राध्यापक डा. सतिश देवकोटाले नेपालको समृद्धिका लागि तत्काल भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन। उनले सुशासनको मात्रा बढाउन सके नेपालको समृद्धिका लागि आवश्यक लगानी आफैं भित्र्ने दावी पनि गर्नु भयो ।
सह–प्राध्यापक देवकोटाले नेपालको आर्थिक वृद्धिदर ८ प्रतिशत पु¥याउन तत्कालका लागि करिव २२ प्रतिशत पूँजी अभाव हुने प्रक्षेपण पनि गरेका छन ।



















प्रतिक्रिया दिनुहोस्