
पाल्पा २ श्रावण । जिल्ला अदालतल पाल्पाले पुराना १ सय १८ र नयाँ ३ सय २१ मुद्दाहरु मध्ये ४सय ४९ मुद्दाहरु मध्धे ३ सय २७ वटा मुद्दा फछ्यौट गरी ७२.८७ प्रतिशत प्रगति हात पारेको छ ।
अदालतले ३ सय १८ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा ९ वटा मुद्दा बढि फछ्र्यौट गरी १०२ प्रतिशत सफलता हासिल गरेको हो ।
जिल्ला अदालत पाल्पामा दुई बर्षभन्दा बढी म्याद नाघेका कुनै पनि मुद्दाहरु फछ्र्यौट हुन बाकी रहेका छैनन । अदालतमा १८ महिना नाघेका १४ थान, १ बर्ष देखी १८ महिना सम्मका ३ थान, १ बर्ष कम अवधिका १ सय ५ थान मुद्दाहरु फछ्र्यौट हुन बाकी रहेको जिल्ला न्याधिस शंकरराज बरालले बताउनु भयो ।
जिल्ला अदालत पाल्पाले यस बर्ष ४२ वटा मुद्दा मेलमिलाप बाट फछ्र्यौट गरेको छ । ८३ वटा मुद्दा मेलमिलापको लागी मेलमिलाप केन्द्रमा पठाएकोमा ४२ वटा मेलमिलाप भएको, ३ वटा मेलमिलापको चरणमा रहेको र ३३ वटा मेलमिलाप हुन नसकेको जिल्ला अदालत पाल्पाले जनाएको छ ।
नेपालमै सवैभन्दा बढी मुद्दा मेलमिलाप गराउने उत्कृष्ट अदालतको रुपमा पाल्पा जिल्ला अदालत पुरस्कृत भएको जिल्ला न्याधिस बरालले बताउनु भयो । पाल्पामा ३२ जना मेलमिलाप सहजकर्ताले काम गर्दै आएका छन । अदालतले हाल सम्म ६ करोड ७७ लाख ९४ हजार ९९ सय रुपैया बक्यौता असुल उपर गर्न वाकी रहेको जनाएको छ ।
आफै जिल्लाको भन्दा बाहिर बाट जिम्मेवारी सरेको ५ करोड असुल उपर रकमको कारण जिल्ला अदालत पाल्पाको असुल उपर बढी देखिएको श्रेष्तेदार सुवर्ण खनालले बताउनु भयो । जिल्ला अदालत पाल्पाले मिट द जज, समुदायमा अदालत, जस्ता कार्यक्रम पुर्ण रुपमा सफल भएको जनाएको छ ।
अदालते आगामी दिनमा पत्रकारहरु संग सहकार्य गरेर काम गर्ने अदालती भाषा, काम कुरा, अभ्यासका बारेमो पत्रकारहरु संग छलफल अन्तरकृया कार्यक्रम गर्ने जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्