ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने


एबीसी न्यूज

 

चितवन, १ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले देवघाट क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने बताउनुभएको छ ।

देवघाट संरक्षण प्रतिष्ठानले आज देखि देवघाटमा आयोजना गरेको चौथो वोलो ॐ महोत्सबको उद्घाटन गर्दै उहाँले देवघाट धार्मिक रुपमा महत्वपूर्ण रहेकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो ।

मन्त्री अधिकारीले देवघाट क्षेत्र विकास समितिले वनाएको गुरुयोजनालाई कार्यान्वयन गर्न सरकारले सक्दो सहयोग गर्ने बताउँदै स्रोतको खोजी गरेर यस क्षेत्रलाई नयाँ तरीकाले विकास गर्ने योजनामा सरकार छ भन्नुभयो ।
केही धार्मिकस्थललाई मात्रै केन्द्रीय सरकारको मतहतमा राखेको बताउँदै उहाँले देवघाट स्थानीय तहमा राख्ने वा प्रदेशमा राख्ने भन्ने विषय केही दिनमा टुङ्गो लाग्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, “म यस क्षेत्रलाई संघमा राख्ने प्रस्ताव गर्ने छु तर के हुन्छ भन्न सकिदैन ।”

दुई प्रदेश जोड्ने पर्यटकीय क्षेत्रलाई संविधानत प्रदेशमा राख्ने रहेको बताउँदै उहाँले प्रदेश सरकारको मातहतमा रहे पनि केन्द्रीय सरकारको प्रत्यक्ष निगरानीमा यस क्षेत्रको विकास गरिनेछ भन्नुभयो ।

प्रदेशसभा सदस्य गीता वाग्ले, रिना गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य देवी ज्ञावली, समाजसेवी शम्भू उप्रेती, प्रतिष्ठानका अध्यक्ष अम्बिका अधिकारीलगायतले यस क्षेत्रको विकास स्थानीय तह र प्रदेशले मात्रै सम्भव नहुने भएकाले यसलाई संघमा राखेर विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका संयोजक देवीराम घिमिरेले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा देवघाटलाई विकास गर्ने उद्देश्यका साथ ३० फिट अग्लो धातुबाट निर्मित शिवको मूर्ति निर्माणको काम भइरहेको बताउँदै यस क्षेत्रको संरक्षणका लागि राज्यले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

महोत्सव हरेक वर्ष साउन १ देखि मसान्तसम्म चल्दै आएको छ । विशेष गरी साउनको सोमबार ठूलो संख्यामा तीर्थयात्री देवघाट जाने गर्दछन् । साउनमा देवघाटमा स्नान गरेमा पूण्यप्राप्ति हुने जनविश्वास रही आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com