काठमाडौं, ३२ असार । नेपाल प्रहरीका ३० वटा नयाँ कार्यालयहरु स्थापना हुने भएका छन् । सरकारले प्रहरीमा दरबन्दी थप गरेसँगै नयाँ कार्यालयहरु स्थापना हुने भएका हुन् ।
प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षत्रीका अनुसार, ४ वटा नगरपालिका र २६ वटा गाउँपालिकामा कार्यालय स्थापना गर्न लागिएको हो। प्रहरी कार्यालय नै नरहेका स्थानीय तहमा इलाका प्रहरी कार्यालय स्थापना गर्न लागिएको छ। नयाँ इप्रकाहरु स्थापनाका लागि गृहकार्य अघि बढिसकेको प्रवक्ता क्षत्रीले बताए।
१४ वटा प्रहरी निरीक्षकको नेतृत्व तथा बाँकी १६ वटामा प्रहरी नायब निरीक्षकको नेतृत्वमा कार्यालय स्थापना गर्न लागिएको छ। थप गर्न लागिएका ३० कार्यालयका लागि एक हजार ६५ जनाको दरबन्दी तय भएको छ।
प्रतिक्रिया दिनुहोस्