काठमाडौं, ३२ असार । भारतीय नम्वर प्लेटको जन्ती बोकेको वस उदयपुरको त्रियुगा नगरपालिका ६ मा आइतबार राति दुर्घटना एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भारतको फारबिस गञ्जबाट जन्ती लिएर आएको बिआ ११ ज ४४२८ नम्बरको बस दुर्घटना हुँदा भारतीय नागरिक ३२ वर्षीय मनोज दासको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारको क्रममा जिल्ला अस्पतालमा आइतबार राति नै मृत्यु भएको हो। दुर्घटना पश्चात् फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। विहेको जन्ती बोकेर भारतीय बस भारतको फारबिस गञ्जबाट उदयपुरको जलजले आएको थियो। दुर्घटनामा अन्य जन्ती सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्