काठमाडौं, ३२ असार । फिफाको विश्वकप २०१८को फाइनल खेल हेर्नेक्रममा उदयपुरमा आइतबार राति सामूहिक बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले विश्वकप हेर्नेक्रममा सामूहिक बलात्कार गर्ने सिरहा लहानका तीन युवा रंगेहात पक्राउ गरेको जानकारी दिए।
पक्राउ पर्नेहरुको बारेमा आज सोमबार १२ वजे पत्रकार सम्मेलन गरी जानकारी दिने भट्टले जनाए। उनले भने, ‘हामीले रंगेहात सिरहा लहानका तीन जना युवा पक्राउ गरेका छौ, पत्रकार सम्मेलन गरेर मात्र सार्वजानिक गछौ।’
प्रहरी प्रमुख भट्टले सामूहिक रुपमा बलात्कार भएको प्रमाणसहित पक्राउ गरेका माथि थप अनुसन्धान भईरहेको छ भन्दै पत्रकार सम्मेलन गरेर सवै जानकारी दिने बताए ।
प्रतिक्रिया दिनुहोस्