काठमाडौं, ३२ असार । रुसको मस्कोस्थित लुज्निकी रंगशालामा क्रोएशियालाई ४-२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ ।
सन् १९९८ को विश्व च्याम्पियन फ्रान्सले दोस्रोपटक उपाधि जितेको हो । टोलीले उपाधि जितेको क्षणलाई राष्ट्रपति इम्मानुयल माक्रोनले पनि यादगार बनाएका छन् ।
आफ्नी श्रीमती बिग्रिटीसँगै भिआईपी कक्षमा बसेर खेल हेरिरहेका माक्रोन फ्रान्स विजयी भएपछि खुसीले उफ्रिएका थिए ।
खेलाडीहरुले भने पानीमा रुझ्दै यसरी खुसी साटासाट गरे
प्रतिक्रिया दिनुहोस्