ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापालाई प्रश्न : स्वास्थ्यमन्त्री हुँदा गलत डा. केसीको माग अहिले कसरी भयो सही ?


एबीसी न्यूज


काठमाडौं,३० असार । स्वास्थ्यमन्त्रीको कुर्सीमा रहदा कांग्रेस नेता गगन थापाले डा. गोबिन्द केसीको माग नाजायज रहेको ठोकुवा   गर्नुभयो । आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई समेत केसी गलत रहेको र केही बिदेसी मेडिकल माफियाको उक्साहटमा रहेको निश्कर्ष सुनाउनु भयो । कोर बैठकमा तात्कालिन प्रधानमन्त्री देउवाले निश्कर्ष सुनाउनु भयो, गगन जस्तो मिडियामा आउँछ भने जे गर्न पनि तयार हुने सेलिब्रेटी त बिपक्षमा छ, डा. केसीको माग कसरी जायज हुन्छ ?’ हुन पनि थापाले स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रको सुधारमा सिन्कोसम्म भाँच्नुभएन ।

बिज्ञापनमा आउने कमिशनबाट धेरैलाई मनोरञ्जन गराउन भने सफल हुनुभयो ।अहिले कांग्रेस सत्तामा छैन । थापा पनि मन्त्री हुनुहुन्न । त्यही भएर उहाँ कसरी देशको बिकाश रोक्ने ? समृद्धिलाई चिसो पानी खन्याएर कसरी देश कंगाल बनाउने भन्ने सोचमा हुनुहुन्छ । सत्ताबाट प्रतिपक्षमा पुगेको पीडा कांग्रेस नेताहरुको पीडाबाट उहाँ पनि अछुतो हुनुहुन्न । त्यसैले अमानवीय ब्यवहार गरी अस्पताल बन्द गर्दै हडेका चिकित्स र बिदेसी डलरमा रमाउने एकाध झुण्डको आन्दोलनमा पुगेर थापाले घोषणा गर्नुभयो, ‘डा केसी फकिर हुन, उनलाई केही पनि चाहिँदैन, बिदा फारम नभरे पनि हुन्छ, उनले जे गरिरहेछन, त्यही संबिधान र कानून हो ।’ थापाको तर्क सुनेर झुण्डको भीडबाट ताली त बज्यो तर जे गरिरहेछन, त्यही सही हो भन्दै अधनायकवाद भन्नसमेत थापाले छाडनु भएन ।

थापाले मेडिकल कलेज खोल्ने कुरा पानीजहाज ल्याउने गफ जस्तो नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई उडाउने कामसमेत गर्नुभयो । मेडिकल शिक्षा सम्बन्धि विधेयक माथेमा आयोगको प्रतिवेदन अनुसारनै ल्याउनुपर्ने पनि थापाको जोड थियो । माथेमा आयोगको प्रतिवेदन थापाले मात्रै पढनु भएको छैन । माथेमा आयोगको प्रतिवेदनमा डा. केसी जस्ता सरकारी छात्रबृत्तिमा बढेर दुर्गम नजाने शैलीको कटु आलोचना गर्दै चिकित्सकको बदमासीलाई लामो ब्याख्या गरेको छ । तर थापाले आफूले पढेको, अरुले हेर्दै नहेरे जसरी सेलिब्रेटी बन्ने चर्को भाषण दिनुभयो ।

अधिकांश कांग्रेस नेताको मेडिकल कलेज रहेको यथार्थबीच थापाले अव काठमाडौंमा कुनै पनि कलेज नचाहिने घोषणा पनि गर्नुभयो । उहाँको यो घोषणा कांग्रेस नेताको सिन्डिकेटवाला मेडिकलले जति गरिव चुस्दा पनि जनताबाट निर्वाचित सरकारले केही गर्न हुन्न भन्ने वकालत हो । बिदा फारम नभरी मुन्नाभाई जहाँ खडा हुए, वही लाइन भने जसरी डा केसी जे गर्छन, कानून र बिधि अनुसार हेर्न हुन्न भन्ने थापाले तर्क गर्नुभयो । ‘जसले आफ्नो जिवन छोड्ने आट गरेर हिडेको छ । उसलाई एउटा जागिर छोड्न कुनै समस्या छैन । डा। केसी फकिर हो जोगी हो उसलाई कुनै लोभ र मोह छैन,’ थापाले घोषणा गर्नुभयो । आफू काठमाडौंको जनप्रतिनिधिको हैसियतमा बोलेको भन्दै अव काठमाडौंलाई केही नचाहिने घोषणासमेत गर्न थापाले छाडनु भएन ।

पछिल्लो केही साता यता कांग्रेस नेता गगन थापाले सरकारबिरुद्ध प्रचार गर्न बिदेसी फण्ड प्रयोग गरिरहनु भएको छ । प्रधानमन्त्री ओलीको चरित्र हत्या गर्न पनि उहाँ आफै संलग्न हुनुभएको तथ्य फेसबुकमा गगन थापा फ्यान क्लवको नाममा आइरहेको आपत्तिजनक पोष्टले देखाइरहेको छ । सभ्य समाजमा पच्न नसक्ने काम थापाको फ्यान क्लवले प्रचार गरिरहेको छ । यतिसम्म कि बाढी पहिरो र डुवानबाट पीडामा रहेका भक्तपुरका जनतालाई अपमानित गर्दै थापाले योजनावद्ध रुपमा अघि सारेको गगन थापा फ्यान क्वलले पानी जाहाज आयो भन्दै प्रचार गर्यो । यो काम थापाकै नेतृत्वमा भइरहेको छ ।

थापाको फ्यान क्वल यति निकृष्ट ढंगले प्रस्तुत हुन थालेको छ कि, कँही पहिरो आएर मानिस मर्दासमेत ओली सरकारमाथि धारेहात लगाउँदै पोष्ट गर्न थालिएको छ । काठमाडौंको सांग्रिला होटलमा अमेरिकी पण्डिङमा भेला गराएरु अधिनायकवाद आयो भन्न लगाउने कामको नेतृत्व पनि थापाले नै गरेको तथ्य उपस्थितहरुले नै खोलिसकेका छन ।

#जनता टाइम्स

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com