वीरगञ्ज,२९ असार । व्यवसायीहरु सरकारले तोकेको न्यूनतम पारिश्रमिक निर्धारण प्रति असन्तुष्टि जनाएका छन् । वीरगञ्जका उद्योगी व्यवसायीहरुले हालै सरकारले ताकेको सो कुरामा असन्तुष्टि जनाएका हुन ।
उनीहरुले न्यूनतम पारिश्रमिक बढी भएको भन्दै त्यसलाई संशोधन गर्न उनीहरुले माग गरेका छन् । न्यूनतम पारिश्रमिक निर्धारण ठोस अध्ययनपछि हुनुपर्नेमा हचुवाको भरमा गरिएको उसको आरोप छ ।
यद्यपि, सरकारले सरोकारवालाहरुसँगको छलफलपछि नै यस्तो निर्णय लिएको जनाएको थियो ।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ०७५ श्रावण १ गतेदेखि लागु हुने गरे गरी श्रमिकको आधारभूत पारिश्रमिक ८ हजार ४ सय ५५ रुपैयाँ र भत्तावापत ४ हजार ९ सय ९५ रुपैयाँ गरी १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको छ ।
लगत्तै वीरगञ्ज उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गरेर न्यूनतम पारिश्रमिक निर्धारणको निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्