ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन


bhawani desk
असार २९, २०७५ शुक्रबार  ११ : ०९ बजे

चितवन, २९ असार । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ ।

चार वर्षअघि दर्खास्त आह्वान गरिएकामा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएका थिए । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले आवेदन दिएकामध्ये सबै मापदण्ड पूरा गरेका सात क्याम्पसलाई कृषि स्नातक (बिएस सिएजी) र एउटालाई वन स्नातक (बिएससी फरेस्टी) पढाउनका लागि अनुमति दिइएको बताउनुभयो ।

उहाँका अनुसार कृषि स्नातकमा सम्बन्धन पाउनेमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछाया कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत छन् । त्यसैगरी वन स्नातकमा सिद्धान्त क्याम्पस गैँडाकोटले सम्बन्धन पाएको छ ।

ढकालका अनुसार सबै कलेजले ५०–५० विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले हालसम्म चार आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । आउँदो शैक्षिकसत्रसम्म थप चार आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको ढकालले बताउनुभयो । विश्वविद्यालयले सिनेटमा निर्णय गरी १० आंगिक क्याम्पस खोल्न गत वर्ष विश्वविद्यालय अनुदान आयोगमा प्रस्ताव पेश गरेकामा आयोगले सात आंगिक क्याम्पस स्थापनाका लागि अनुमति दिएको थियो ।

त्यसअघि नै विश्वविद्यालयको एउटा आंगिक क्याम्पस सञ्चालनमा आइसकेको थियो । उपकुलपति ढकालले निजी सम्बन्धन पाएजति नै आंगिक क्याम्पस आउँदो शैक्षिक सत्रदेखि सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनले भने निजी क्याम्पसलाई सम्बन्धन दिन नहुने जनाउँदै विरोध जनाएका छन् । उनीहरुले विश्वद्यिालयमा गरेको तालाबन्दी बिहीबार साँझ प्रहरीले फोरेको थियो । सरकारले प्राविधिक शिक्षा पढाउनका लागि विसं २०६७ मा सो विश्वविद्यालय स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको राजनीतिमा ‘आरी घोप्टे’ जनलहर: पुराना दलहरूको पतन र नयाँ युगको उदय (भिडियोसहित)

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

धनुषा–१ मा उम्मेदवारी खारेज भएका उम्मेदवारलाई धेरै मत आएपछि परिणाम अन्योलमा

नेपालको राजनीतिमा ‘आरी घोप्टे’ जनलहर: पुराना दलहरूको पतन र नयाँ युगको उदय (भिडियोसहित)

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

बर्दियाका दुवै क्षेत्रमा रास्वपाको जित, क्षेत्र नं. १ मा ठाकुरसिंह फराकिलो मतान्तरले विजयी

ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com