रुपन्देही, २९ असार । लागु औषधसहित बुटवलमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका १५ का १९ वर्षीय रोहित राना र तनहुँ व्यास नगरपालिका ७ का २१ वर्षीय राजन गुरुङ्ग बुटवलको मिलनचोकबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार भारतको सुनौलीबाट अवैध लागु औषध ल्याउदै गरेको अवस्थामा ग २ प ४९३३ नम्बरको मोटरसाइकल सहित डाइजेपाम , फेनारगन ,नुफिनसहित अन्य लागुऔषधहरु बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्