
काठमाडौं, २८ असार । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामालाई पहरीले पक्राउ गरेको छ ।
बिहीबार उनलाई काठमाडौंबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
पक्राउ परेका लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न र बुद्धचित्त मालाको तस्करीमा पनि संलग्न गत वर्ष काभ्रेमा किसानको माला लुटपाट गरेको समेत आरोप लागेको थियो ।
उनी यसअघि रक्तचन्दन तस्करीमा समेत मुछिएका थिए । उनिमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्