
भक्तपुर, २८ असार । अविरल वर्षातका पछि आएको पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको छ।
अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी भट्टसहितको टोली पुगेको भने उनीहरु भूकम्प पीडित हुन् । उनीहरु बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएका थिए ।



















प्रतिक्रिया दिनुहोस्