
काठमाडौं,२६ असार । आर्थिक विधेयक, २०७५ राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको छ ।
मंगलबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकले अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । बैठकमा विधेयकमाथि कुनैपनि संसोधनका प्रस्तावहरु प्राप्त भएको थिएन ।
कर घटाउन, बढाउन र छुट दिन आवश्यक भएकाले सो विधेयक ल्याइएको हो । त्यस्तै बैठकले राष्ट्र ऋण उठाउने बिद्ययेक २०७५ पनि बहुमतले पारित गरेको भने ऋण तथा जमानत २२ औं संसोधन बिधयेक २०७५ पनि बहुमतले पारित गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्