
संखुवासभा, २६ असार । नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको प्रक्रियालाई छिटै अघि बढाउने भएको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा सोमबार बसेको पार्टी सचिवालय बैठकले नियमावलीमाथिको छलफल सकिएलगतै संगठानिक एकीकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
दुई पार्टीको एकताभएको लामो समय हुदा पनि कमिटि र जनवर्गीय संगठनको एकता हुन बाकी छ । बैठकमा नियमावली निर्माण कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएको र मंगलबारसम्म पार्टी नियमावलीलाई अन्तिम रुप दिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीका बामदेव गौतम, महासचिव विष्णु पौडेल र रामबहादुर थापा रहेको तीन सदस्यीय कार्यदलले सुझाव समेटेर नियमावली प्रतिवेदन सचिवालयमा बुझाएको थियो ।



















प्रतिक्रिया दिनुहोस्