
संखुवासभा, २६ असार । पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी देखी चिचिला सम्म जाने कोशील्हासा राजमार्ग अन्तर्गतका सडकखण्डमा दैनिक रुपमा यातायातका साधान घण्टौ सम्म फस्ने गरेका छन ।
सदरमुकाम खाँदबारी देखी चिचिला गाउपालिका सम्म पुग्ने कोशील्हासा राजमार्ग अन्तर्गतका सडकखण्डको हालत देख्दा जो कोही पनि दोश्रो पटक उक्त सडकको यात्रा गर्न नपरोस भन्ने लाग्छ । बर्षौ देखी उक्त सडकखण्डको स्तरोन्नती हुन सकिरहेको छैन । सदरमुकाम खाँदबारी देखी उत्तरीक्षेत्र जाने मुख्य सडक यहि नै हो । यो बाहेक अर्को विकल्प समेत छैन ।
खाँदबारी देखी मानेभञ्जाङ्ग सम्मको सडक सामान्य नै रहेपछि मानेभञ्जाङ्ग देखी चिचिला निस्कन निकै मुस्किल छ । चिचिला देखी नुमको फ्याक्सिन्दा सम्म जाने सडकखण्डको गत बर्ष स्तरोन्नती भएकाले खाँसै समस्या नरहेको स्थानीयहरुको भनाई छ ।
कोशील्हासा राजमार्गको मुख्य समस्या खाँदबारी देखी चिचिला पुग्नै हो । कच्ची सडकमा बर्खाको भलबाढीले बिगारेपछि यात्रुहरुले सास्ती भोग्न परिरहेको छ । सडकको बिच भाग तिर ठूला–ठूला खाल्डो परेको छ । उक्त खाल्डो कटाएर गाडी आवातजावात गर्न नै मुस्किल भईरहेको स्थानीयहरु बताउँछन ।
त्यसमाथी पनि खाँदबारी नगरपालिका–४ सेकाहामा सडक अत्यन्तै बिग्रिएको छ । सेकाहाको अरुणथान देखी भ्याङखोला निस्कने करिब ५ किलोमिटर सडकमा कतिपय यात्रुहरुको बाँस नै हुने गरेको छ ।
उक्त राजमार्गको धेरै ठाऊँमा ठूला–ठूला खाल्डो परेकाले यात्रुहरु भनेको समयमा गन्तब्यमा पुग्न नसक्ने गरेको जनगुनासो आउने गरेको छ । खाँदबारी देखी उत्तरीक्षेत्र जाने यो मुख्य सडकखण्ड हो । यो सडक हुर्दै ठूला–ठूला मालवाहक सामानहरु दैनिक सयको संख्यामा आवातजावात गर्ने भएकाले पनि सडकको हालत झन बिग्रीएको खाँदबारी नगरपालिका वडा नं.–४ सेकाहा निर्वाचीत वडासदस्य जीतबहादुर गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो—‘कच्ची सडक नै भएपनि खाँदबारी देखी मानेभञ्जाङ्ग सम्म दुःखसुख आवातजावात भईरहेको भएपनि मानेभञ्जाङ्ग देखी छ्याङकुट्टी हुर्दै चिचिला सम्मको सडकको तत्कालै ग्राभेल र नाली ब्यबस्थापन गरेर यो बर्खाको समयमा गाडी नफस्ने गरि बनाउन पटक–पटक आग्रह गर्दा पनि उत्तरदक्षिण कोशी सडक आयोजनाले वेवास्ता गरिरहेको छ ।
‘सडक कार्यालयले सडकको सुरक्षाको लागी नाली ब्यबस्थापन समेतको काम गर्न सकेको छैन । बर्खाको भलबाढी सबै सडकमा पसेपछि पानीले खाल्डो पारेको छ । स्तरोन्नतीको काम केही भएको नभएको वडासदस्य गुरुङले भन्नुभयो ।
उत्तरदक्षिण कोशी सडक आयोजनाले बर्खाको समयमा गुम्बा छेऊको खोलामा किरातेश्वर निर्माण कम्पनीलाई पुल बनाउने जिम्मा दियो । निर्माण कम्पनीले हिउँदमा नै काम सकेपछि बर्खाको समयमा माटो कटिङ्ग गरेर पुलको वरपरको खाल्डो पुर्दा अहिले गाडी त्यही फस्ने गरेको सेकाहाका स्थानीय रविन गुरुङले बताउनुभयो ।
सो क्षेत्रका खोलामा पुल र माटो कटिङ्ग गरेपछि झन बाटो बिग्रीएको स्थानीयको आरोप छ । ‘यो बर्खाको समयमा पुल निर्माण गरे, पुल बनेपछि वरिपरि माटोले सडकको खाल्डो पुरियो । अहिले त्यहि माटो दबदबे हिलो भएर धेरैजति गाडी त्यही फसीरहेको छ ।’–स्थानीय गुरुङले भन्नुभयो ।
सेकाहाको उक्त सडकखण्डमा बर्खाको समयमा ठेकेदार कम्पनीले माटो कटिङ्गको काम गरेकाले पनि बाटो चिप्लो भएर आवातजावातमा समस्या भईरहेको छ । सडकको खाल्डो माटो कटिङ्ग गरेर पुरेपछि दैनिक रुपमा बर्षा भईरहेको आवातजावात ठूलो समस्या भईरहेको छ ।
सडकको खाल्डो पुर्न माटो बिछ्याएपछि गाडी चिप्लिनुका साथै पैदल यात्रुहरुलाई समेत सकस सेकाहाका अर्का स्थानीय भोलामान गुरुङले बताउनुभयो । ‘सडकखण्डमा ठूला–ठूला खाल्डो परेको छ । सडक छेऊको नाली ब्यबस्थापन नहुदाँ भलबाढी सबै सडकमा नै पसेर सडक झन बिग्रीएको हो ।’—स्थानीय भोलामान गुरुङले भन्नुभयो ।
गुम्बा छेऊको ठूला–ठूला खाल्डो र दबेदबे हिलो कटाउन नसकेर उत्तरीभेग तर्फ लगिएको योजना सामानहरु बिच बाटोमा नै अलपत्र अवस्था राखिएको छ । एकहप्ता सम्म मालवहाक गाडीमा समान राख समेत बाटो नखुलेपछि सडकछेऊमा नै बाध्य भएर सामान राखेका छन ।
सम्बन्धित निकाय उत्तरदक्षिण कोशी सडक आयोजनाले वेवास्ता गर्दा लामो समय देखी खाँदबारी–चिचिला सम्म सडकखण्डको स्तरोन्नती समेत हुन सकिरहेको छैन । कोशील्हासा राजमार्ग अन्तर्गत पर्ने मुख्य सडकको यस्तो हालत हुदाँ समेत सम्बन्धित निकाय कान तेल हालेर सुतेको छ ।
बहुचर्चित नौ सय मेघावाटको अरुण–३ को पावरहाउस स्थल पुखुवा र ड्यामस्थल नुमको फ्याक्सिन्दा जाने सडक समेत यहि हो । अरुण–३ को सामान आवातजावात गर्न दैनिक रुपमा ठूला–ठूला मालवाहक गाडीहरु यहि बाटो हुर्दै गन्तब्य पुग्ने गरेका छन ।
तर सडकको अवस्था नाजुक हुदाँ खाँदबारीबाट एक दिनमा पुग्ने ठाऊँमा तीन दिन सम्म लाग्ने गरेको उहाहरुको गुनासो छ । सडकको यस्तो दुर्दशा हुदाँ समेत सम्बन्धित निकाय सडक विभागले वेवास्ता गर्दा स्थानीयहरु झन चिन्तित बनेका छन ।



















प्रतिक्रिया दिनुहोस्