
काठमाडौं,२५ असार । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले पूर्वाधार, गुणस्तरीय शिक्षा प्रदान गर्ने र आवश्यक मापदण्ड पूरा गर्ने मेडिकल कलेजहरुलाई सम्बन्धन दिँदा काउन्सिललाई आपत्ति नहुने बताएका छन।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष बाँस्कोटाले मापदण्ड पूरा गर्ने मेडिकल कलेजहरुलाइ सम्वन्धन दिनुपर्ने बताएका हुन । चिकित्सा शिक्षा सुधारको लागि ०७१ सालमा गठन भएको कार्यदलले त्यतिवेला सही र सान्दर्भिक प्रतिवेदन दिएपनि अहिलेको परिवर्तित अवस्थामा हुबहु त्यही प्रतिवेदन लागु हुनुपर्छ भन्ने नरहेकोउनले बताए ।
आफूले ०७२ जेठ अन्तिममा काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालको सुनाउँदै बास्कोटाले यो बीचमा डरलाग्दो तथ्यांक फेला पारेको बताएका छन । अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले १४ पटक सम्झौता गरेको उल्लेख गर्दै उनले यसअघि कार्यान्वयन नगर्ने हिसाबले नै सम्झौता गरेको दाबी गरे ।
त्यस्तै नेकपाका नेता एवम् पूर्वमन्त्री डा. वंशिधर मिश्रले काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नदिने माँग अहिलेको सन्दर्भमा औचित्य र वाहियता रहेको जिकिरगरेका छन । अहिलेको परिवर्तित अवस्थामा अनशनरत डाक्टर गोविन्द केसीले पनि हठ छोड्नुपर्ने उनको सुझाव छ ।
त्यस्तै नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले चिकित्सा शिक्षा अध्यादेश हुबहु पास गर्नुपर्ने बताउनुभयो । सरकारले दुई तिहाईको अहमता देखाएर प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरेको उनको आरोप छ ।



















प्रतिक्रिया दिनुहोस्