काठमाडौं,२५ असार । संघीय संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीले शनिवार संसदीय दलको निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको राजपाको संसदीय दलको बैठकले शनिवार नेता चयन गर्ने निर्णय गरेको हो ।
बैठकमा संसदीय दलको विधान सांसदहरुलाई वितरण गरिएको छ । मंगलबार १२ बजेसम्म कुनै संशोधन भए अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई लिखित रुपमा बुझाउन निर्देशन दिइएके राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो ।
उहाले सोमबार नै संसदीय दलको विधान पारित हुने बताउनुभयो । बैठकमा सदनमा पार्टीको भूमिकाका बिषयमा सामान्य छलफलमात्र भएको र सोमबार बस्ने बैठकले समसामायिक बिषयमा निर्णय लिने उहाले बताउनुभयो ।
बैठकमा सांसदहरुले सहमति मै संसदीय दलको नेता चयन गर्न शिर्ष नेताको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्