काठमाडौं,२५ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पूरानै अवस्थामा फर्काउने दावी गर्नु भएको छ ।
सभापति देउवाले विगतका कमजोरीलाई स्विकार गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
उहाँले अन्तरघातमुक्त बलियो पार्टी बनाउने घोषणा पनि गर्नु भयो । सोमबार काठमाडौंमा पार्टीका पूराना नेता, कार्यकतासँगको सामूहिक भेटमा उहाँले जिल्ला पार्टी कमिटीहरुलाई विश्वासमा लिएर पार्टीलाई सुदृढ बनाउने अभियाननै संचालन गर्ने योजना पनि अघि सार्नु भयो ।
सभापति देउवाले चुनाव हार्नुको बास्तविकतालाई पार्टी भित्रैबाट ढाकछोप गर्ने गरेको गुनासो पनि गर्नु भयो ।
कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई बचाउन पनि नेपाली काँग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिनु भयो । उहाँले सभापति देउवाले पार्टीलाई बलियो बनाउने दिशामा कुनै कदम चाल्न नसकेको आरोप पनि लगाउनु भयो ।
वरिष्ठ नेता पौडेलले पार्टीलाई बलियो बनाउन आफूले दिएको सुझाव सभापति देउवाले कार्यान्वयन गर्न नचाहेको आरोप पनि लगाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्