काठमाडौं,२५ असार । संसदीय सुनुवाई विशेष समितिमा रहने १२ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत भएको छ ।
प्रतिनिधीसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको १२ जनाको नाम स्वीकृत भएको हो ।
प्रतिनिधिसभाबाट समितिमा अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहनुभएको छ । समितिमा नेपाल कम्युनिष्ट पार्टीबाट ७ जना रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट ३ जना, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबाट १–१ जना रहेका छन् । संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने व्यवस्था छ । राष्ट्रिय सभाबाट रहने तीनजनाको नाम यसअघि नै स्वीकृत भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्