काठमाडौं ,२५ असार । सरकारले आन्तरिक मजदुरको तलव १४ हजार २ सय तोकेको छ । न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १४ हजार २ सय रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो ।
यसअघि मजदुरको न्यनतम् तलव ९ हजार ७ सय रुपैयां रहेको थियो । साउनबाट ४५ सय रुपैयाँ थपिनेछ । समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिँदैछ ।
मुख्य भुमिका भई रहँदा पनि मजदुरले आफ्नो दैनिक काम वाट गास, वास, कपासको निम्ती अपुग रहेको भन्दै सरकाले न्युनतम तलब वृद्धि गरेको हो ।
यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुने बताइएको छ । सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्