काठमाडौं ,२५ असार । अर्थमन्त्री युवराज खतिवडाले भूगोल जनसंख्यालाई आधार बनाएर गरिएको बजेट विनियोजनले संघीयतालाई आत्मसाथ गरेको दाबी गर्नुभएको छ ।
सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले भुगोल र जनसंख्यालाई आधार बनाउदै अन्य परिसूचकलाई पनि मध्यनजर गरि सन्तुलित ढंगले बजेट आएको बताउनुभएको हो ।
उहाँले भुगोल र जनसंख्याको सन्तुलनलाई बुझिदिन आग्रह पनि गर्नुभयोे । उहाँले बजेटले संघियतालाई आत्मसाथ गरेको दाबी पनि गर्नुभयो ।सिमित साधनलाई असिमित प्राथमिकतामा बाड्नु पर्दा केही आयोजना परियोजनालाई आवश्यक बजेट विनियोजन गर्न नसकेको भएपनि प्रदेश र स्थानीय तहमा पनि विनियोजन भएको बजेटलाई हेरेर समग्र मुल्यांकन गर्नुपर्ने तर्क उहाँले गर्नुभयो ।
उहाँले संघको बजेटमात्रै हेरर समग्र बजेटको आकार र प्रकृतिको धारणा बनाई व्याख्या गर्न नहुने बताउनुभयो । उहाँले बजेट कार्यान्वयको सवालमा सरकार गम्भीर रहेको बताउनुभयो ।
राष्ट्रियसभा सदस्यहरुले बजेटमा प्रादेशिक सन्तुलनको कुरा उठाउदै संघीयतालाई आत्मसाथ गर्न नसकेको र कार्यान्वयनमा जटिलता रहेको टिप्पणी गरेका थिए ।
अर्थमन्त्री खतिवडाले थिङ ट्याङ्क खास प्रयोजनका लागि सरकारले बनाउने भएको त्यसको अन्य क्षेत्रमा असर नपुग्ने दाबी गर्नुभयो । चौमासिक बजेटका कारणले शिक्षकले तलब पाएनन् भन्नेमा सत्यता नभएको भन्दै उहाँले चौमासिक बजेट पठाउन ढिलाई नभएको दाबी गर्नुभयो ।
उहाँले व्याजदरका सम्बन्धमा भने केन्द्रीय बैकले केही समयपछि सार्वजनिक गर्ने मौद्रिक नीतिले सम्बोधन गर्ने बताउनुभयो ।
उहाँले भारतीय ५ सय र १ हजारका नोट सटहीका लागि भारत संरकार संग छलफल भईरहेको जानकारी दिनुभयो । विशेष गरेर ५ सय र १ हजार दरका भारतीय रुपैया सटहीको व्यवस्था नहुँदा सिमा क्षेत्रमा भएको असुविधा प्रति भारत सरकार संग नया ढंगले छलफल अघि बढाईएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्