
लम्जुङ २४ असार । लम्जुङ जिल्लाको राइनास नगरपालिका वडा नं ९ राइनासकोट गाँउ भौगलिक संरचना, तमु समुदायको संस्कृति र शाहबंशी राजाको ईतिहास बोकेको एतिहासिक ठाँउ हो । जसको छुट्टै महत्व रहेको छ ।

समुद्री सतह देखि करिब १८०० मिटरको उचाईमा रहेको पर्यटकिय राइनासकोट गाँउको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । यद्यपि उक्त गाँउ गण्डकी प्रदेशको मात्र नभएर सिङ्गो देशकै नमुना पर्यटकिय गाँउ बन्न सक्ने गाँउ पर्यटन प्रबद्र्धन मञ्च नेपालको प्रमुख सल्लाहकार डा. प्रेम शर्मा बताउछन ।
नेपालको बिभिन्न गाँउठाँउको पर्यटकिय गुरुयोजना बनाउदै आएका उनले बिभिन्न कालखण्डमा शाहबंशी राजाको बलिदानी सँग जोडिएको ईतिहात तथा गुरुङ समुदायको संस्कार, संस्कृती र रितीरिवाज लगायतका कारणले पर्यटकहरुको महत्वपूर्ण गन्तव्य बन्न सक्ने उनको भनाई रहेको छ ।
चार सतक अगाडीको कालखयडमा द्रव्य शाहले राइनासकोटमा भक्ति थापा नेतृत्वको सेनाहरुका साथमा राज्य जमाएको इतिहास रहेको स्थानियबासिहरु बताउछन ।
द्रव्य शाहले राज्य गरेको कालखण्डमा पुजा गर्ने शिबजी र देवीको मन्दिर तथा युद्धमा प्रयोग गरिने बङ्करहरु भने अहिले पनि ताजै छ । रमणीय राइनासकोट गाँउमा आउने पाहुनाहरुलाई तमु संस्कार अनुसार घाटु नृत्यको साथमा स्वागत गर्ने चलन समेत रहेको छ ।
राइनासकोट गाँउमा बाहुल्यता रहेको गुरुङ समुदायको रितिरिवाज, संस्कार संस्कृती रहनसहन र प्राकृतिक शौन्दर्यता नै पर्यटकको रोजाई बन्ने गरेको राइनासगाँउ पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष खड्क बहादुर गुरुङले बताएका छन ।
तत्काल मात्रै १४ वटा घरमा सामुदायिक रुपमा होमस्टे सञ्चालन गरेको बताउदै राइनासकोटबाट मनास्लु, लम्जुङ हिमाल, अन्नपूर्ण तथा माछापूच्छे्र लगायतको हिम श्रृङ्खला र १६ वटा जिल्लाहरु समेत देख्न सकिने गुरुङको भनाई छ
आन्तरिक तथा बाह्य पर्यटकहरुको मन लोभ्याउने तमु समुदायको संस्कार संकृती, शाहबंशी राजाको ईतिहास मात्र नभएर प्याराग्लाईडिङको परिक्षण समेत सफल भैसकेको उक्त गाँउबाट पुर्णीमाको समयमा पश्चिमतिर सूर्य अस्ताएको र पूर्वमा चन्द्रमा उदाएको दृश्य एकैसाथ देख्न पाईन्छ ।
गण्डकी प्रदेशको समृद्धी पछाडी पर्यटन जोडिएकाले होमस्टे सहित तमु समुदाय संस्कार र पर्यटन प्रबद्र्धन गर्न प्रदेश सरकार गुरुयोजना निर्माण गरी अगाडी बढिरहेको छ । गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री बिकास लम्सालले राइनासकोट गाँउको पर्यटन प्रबद्र्धन र ब्यवस्थित गर्नका लागी स्थानिय सरकार सँग समन्वय गरी अगाडी बढ्ने बताउछन ।
लम्जुङको पर्यटकिय राइनासकोट गाँउ भौगलिक संरचना, तमु समुदायको संस्कार संस्कृती र ईतिहासको आधारमा महत्वपूण ठाँउ भएपनि यसको उचित प्रचारप्रसार हुन नसक्दा पर्यटकिय गतिबिधी सुस्ताएको छ त्यसैले यसको प्रबद्र्धनका लागी सम्बन्धित निकायले पहलकदमी थाल्नुपर्ने आवश्यक देखिन्छ ।


















प्रतिक्रिया दिनुहोस्