
पोखरा,२३ असार । पर्यटन मन्त्री रविन्द्र अधिकारीले पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौ पछिको दोश्रो ठूलो बिमानस्थल हुने बताएका छन । पर्यटकीय शहर पोखरा नेपालकै ठूलो पर्यटकीय केन्द्र रहेकाले कोही कसैले पनि पोखरा बिमानस्थललाई रोक्न नसक्ने बताएका हुन ।
पर्यटन पत्रकार मञ्च गण्डकी प्रदेशले शनिवार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पुर्वाधार र पर्यटनको भविष्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पोखरामा निर्माणाधिन अवस्थामा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थल नेपालकै दोश्रो ठूलो विमानस्थल हुने बताएका छन ।
बाहिर जतिनै हल्ला चलेतापनि आफ्नो मन्त्रालयले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलबाट भारत र चीनका विभिन्न ६ ठाउबाट उडान भर्ने गरि सहमति भइरहेको वताउदै हल्लाको पछाडि भन्दापनि गण्डकी प्रदेशमा नया पर्यटकीय सम्भावनाहरुको खोजी गर्न प्रदेशका जनताहरुलाई आग्रह गरे ।
पर्यटन भित्रयाउनका लागी नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहका निकायहरु लागी परिरहेको वताउदै पर्यटकलाई भुल्याउने वातावरण निर्माणका लागी जनता र प्रदेश सरकार र स्थानिय निकायहरुको भुमिका रहेको मन्त्री अधिकारीको भनाइ रहेको छ ।
पर्यटन पत्रकार मञ्चका अध्यक्ष दिपक परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव किशोर थापाले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी र पर्यटनविद बासु त्रिपाठीले टिप्पणी गरेका थिए । पर्यटन वोर्ड पोखराका कार्यालय प्रमुख सूर्य थपलियाले स्वागत मन्तब्य ब्यक्त गरे ।



















प्रतिक्रिया दिनुहोस्