ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्नपूर्ण पदमार्ग होटेलको राजश्व गाउँपालिकामा लिन शुरु


bhawani desk

पोखरा, २३ असार । विगत लामो समयदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापले)ले अन्नपूर्ण पदमार्ग क्षेत्रका होटेलबाट लिँदै आएको राजश्व यस आर्थिक वर्षदेखि अन्नपूर्ण गाउँपालिकाले लिन शुरु गरेको छ ।

संविधानले प्रदान गरेको अधिकारलाई उपयोग गर्दै सो गाउँपालिकाले होटलबाट राजश्व लिन शुरु गरेको हो ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार यसै आर्थिक वर्षबाट गाउँपालिकाले यहाँको राजश्व संकलन शुरु गरेको हो । अन्नपूर्ण पदमार्ग क्षेत्र अन्तर्गत भनुवा भन्दामाथि रहेका २६ वटा होटेल प्रति, सार्वजनिक र ऐलानी जग्गामा छन् ।

ती जग्गामा रहेका होटलसँग वार्षिक रु ३० हजार राजश्व लिने गरिएको उहाँले जानकारी दिनुभयो । अन्य लालपूर्जा भएका जग्गाका हकमा भने रु पाँच हजार राजश्व लिने गरिएको उहाँको भनाइ छ ।

विश्वकै उत्कृष्ट पदमार्ग मध्येमापर्ने यस पदमार्गमा अघिल्लो वर्ष २८ हजार विदेशी पर्यटकले पदयात्रा गरेकोमा यसवर्ष उक्त संख्या वृद्धि भई ३२ हजार पुगेको समाजसेवी एवं अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव,२०७४ का संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।

अन्नपूर्ण आधार शिविरबाट उद्घाटन गरिएको महोत्सव आधार शिविर हुँदै छोम्रोङ र घान्द्रुक गरी तीन चरणमा सम्पन्न गरिएको थियो ।

महोत्सवसँगै अन्नपूर्ण क्षेत्रको थप प्रचारप्रसारले पनि पर्यटकको संख्या वृद्धि भएको उहाँको भनाइ छ । विदेशी पर्यटकका साथै स्वदेशीसमेत गरी यसवर्ष लगभग ५० हजार पर्यटक अन्नपूर्ण आधार शिविर क्षेत्रमा पदयात्रा गरेको अनुमान छ ।

अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवअन्तर्गतका कार्यक्रमका साथै अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म गरिएको अन्नपूर्ण म्याराथनले यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याएको बताउँदै संयोजक गुरुङले अन्नपूर्ण म्याराथनलाई आगामी वर्षमा निरन्तरता दिइने धारणा व्यक्त गर्नुभयो ।

गाउँपालिकाले अन्नपूर्ण क्षेत्रमा बढ्दै गएको पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरेको छ ।

अन्नपूर्ण पदमार्ग क्षेत्रमा भएका होटेलको स्तरोन्नतिका साथै संख्या वृद्धि र त्यहाँस्थित प्राकृतिक स्रोत साधनको उचित व्यवस्थापनका लागि गाउँसभाले कार्यदलसमेत गठन गर्ने निर्णय गरिसकेको छ ।

पदमार्ग क्षेत्रका दुई हजार मिटर भन्दामाथि राखिएका व्यावसायिक होटेलका साथै खरककको हालसम्म कुनै किसिमको नापनक्सा नभएका कारण त्यसको समेत यथोचित व्यवस्थापनका लागि कार्यदल गठनको तयारी गरिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

“पदयात्रामा पर्यटकको आकर्षणलाई दृष्टिगत गरी पहिलो पटक ग्रेट अन्नपूर्ण पदमार्गको २५ किमि पदमार्गको डिपिआर तयार भएको छ,” उहाँले भन्नुभयो, “डिपिआरसँगै पदमार्गलाई व्यवस्थित गर्ने लागत अनुमान समेत तयार भइरहेको छ ।”

आजभन्दा ४० वर्षअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक चित्रा वा भकारीले बारेका झुपडीमा बस्ने गरेकोमा पछिल्ला समयमा भने ठाउँ ठाउँमा सुविधा सम्पन्न होटेल स्थापना गरिएको संरक्षण उपसमिति भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङले जानकारी दिनुभयो ।

पछिल्लो तीन दशकयता पर्याप्त होटल नरहे पनि पदयात्रा मार्गस्थित रहेका सिन्ह्वा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा जम्मा २६ वटा होटेल सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको हालसम्मको निर्धारित मापदण्ड अनुसार प्रत्येक होटलमा छवटा कोठाका दरले १५६ वटा कोठा रहेका छन् ।

सन् १९५० जुन ३ तारिख फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।

समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्रा पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको हो ।

भेडीगोठबाट शुरु पदमार्ग क्षेत्रको पर्यटन आधुनिकतामा प्रवेश गर्नु सन्तोषको विषय भए पनि यस क्षेत्रमा विद्युतीकरण लगायतका थुप्रै्र समस्या रहेको माछापुच्छे आधार शिविरस्थित फिष्टेल होटल एण्ड लजका सञ्चालक दिलीप गुरुङ बताउनुहुन्छ ।

पदमार्ग क्षेत्रस्थित देउराली पूर्वतर्फको पहाडमा स्पष्ट रुपमा देखिने बुद्धाकृति, दोभान र हिमालको बिचमा अति प्राचीन पुजनीयम् बराह र उक्त मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातो पानीको कुण्डजस्ता स्थललाई व्यवस्थित गर्दै तिनको प्रबद्र्धन गर्नु आजको आवश्यकता हो, स्थानीयवासी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com