
काठमाडौं,२३ असार । काठमाडौं निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेको बताउनुभएको छ ।
आज क्षेत्र नं ६ वडा तोर्केश्वर नगरपालिका–९ का जनतासँग भेटघाट गर्दै पूर्व रक्षामन्त्रीसमेत रहनुभएका नेपाली काँगे्रसका नेता प्रधानले अहिलेको सरकार मिलेर भन्दा दमन गरेर अघि बढिरहेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, सरकारले सबैलाई मिलाएर लैजानुपर्छ, पूर्वाग्रही बनेर गए त्यसले द्वन्द्व निम्त्याउँछ, त्यसैले मिलेर अघि बढौं ।
उहाँले लोकतन्त्र बलियो बनाए मात्र सरकार बलियो हुने भएकोले व्यक्तिगत स्वार्थमा त्यो सम्भव नहुने भन्दै गंगामाया अधिकारी र डा गोविन्द केसीको जीवनरक्षा गर्न सरकारलाई आग्रह गर्नुभयो ।



















प्रतिक्रिया दिनुहोस्