ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका सबै विद्यालय भवनको प्राविधिक परीक्षण हुने


bhawani desk

काठमाडौं,२२ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले भूकम्प प्रभावित जिल्ला बाहेक अन्य जिल्लाका सबै विद्यालय भवनकोे अवस्थामा अध्ययन एवं प्राविधिक परीक्षण गर्ने भएको छ ।

उक्त इकाईले हाल भूकम्प प्रभावित ३१ जिल्लाका सबै विद्यालय भवनको प्राविधिक परीक्षण एवं भूकम्पले क्षति पु¥याएका विद्यालयको भवन निर्माणमा आर्थिक एवं प्राविधिक सहयोग जारी राखेको छ ।

विद्यालय व्यवस्थापन समिति, गैरसरकारी सस्था, निजी भवन निर्माण व्यवसायी, अन्तर्राष्ट्रिय दातृ निकाय गरी तीन ढाँचामा इकाइले ती ३१ जिल्लाका ६ हजार १८५ विद्यालय भवन पुनःनिर्माण जारी राखेको छ । भूकम्पबाट प्रभावित नभएका जिल्लाका विद्यालयको पनि प्राविधिक परीक्षण गर्न लागिएको इकाईका प्रमुख एवं सहसचिव इमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

कम्पले क्षति पु¥याएका विद्यालयका पुनःनिर्माण प्रगति र योजना विषयक आज यहाँ आयोजित कार्यक्रममा उहाँले विद्यालय भवन पुनःनिर्माणमा स्रोत र साधनको कमी नहुने जानकारी दिनुभयो ।

विसं २०७२ को भूकम्पले विशेष गरी ती ३१ जिल्लाका सात हजार ९२३ विद्यालयमा क्षति पुगेको थियो । तीमध्ये ३७० विद्यालय एक अर्कामा गाभिएका, ४५० विद्यालयका जग्गाको कारण तत्काल निर्माणमा सम्भव नदेखिएको इकाईले जनाएको छ । विद्यालय पुनःनिर्माण कार्यविधि अनुसार सरकारको विद्यालय पुनःनिर्माण कार्यमा एशियाली विकास बैँक, भारत, चीन र जापान सरकारले सहयोग गरिरहेका छन् ।

कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९शिक्षा०का उपनिर्देशक दीलीपकुमार श्रेष्ठले सुरक्षित विद्यालय नीति तयार गरी मन्त्रिपरिषद् कार्यालयमा पेश भएको जानकारी दिँदै नीतिले विद्यालयलाई भौतिक एवं शैक्षिक दुबै दृष्टिले सुरक्षित बनाउन जोड दिएको बताउनुभयो ।

उपत्यकका विद्यालयको पुनःनिर्माण सुस्त 

काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर एवं ललितपुरका विद्यालय पुनःनिर्माण कार्यले खासै गति लिनसकेका छैनन् । उक्त इकाई काठमाडौँ शाखा प्रमुख गणेश ढकालका अनुसार काठमाडाँैका विभिन्न विद्यालयका ९३९ कक्षा कोठा भूकम्पले क्षति पुगेका थिए । तीमध्ये दुई वर्षमा चार, छ र काठ कोठे गरी कूल २८९ कक्षा कोठामात्र निर्माण भए ।

उहाँले भन्नुभयो– “विद्यालय पुनःनिर्माण गर्न पैसा भएर पनि जग्गा प्राप्तिलगायत अन्य समस्याले काम गर्न अप्ठ्यारो भयो ।”अर्कोतर्फ काठमाडाँैका पुराना तथा ऐतिहासिक विद्यालयमध्ये जुद्ध शम्शेरले धर्मशालालाई दान दिएको भवनमा स्थापित भूकम्पले क्षति पु¥याएको विश्व निकेतन उच्च मावि त्रिपुरेश्वरको को २४ कोठे भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।

उच्चमाविका प्रअ हेरम्बराम कँडेलका अनुसार हाल सो विद्यालयमा दुई हजार ६०० विद्यार्थी अध्यायन गर्नेमा करीब ३५० विद्यार्थी निजी विद्यालय छाडी सो विद्यालयमा भर्ना भएका थिए ।

दरबारमार्गस्थित भानु उच्च माविको भवन पुनःनिर्माण गर्न भर्खर नक्सा स्वीकृत भएको छ । सो उच्चमाविका प्रअ हेमचन्द्र महतोले भन्नुभयो, “प्रदर्शनी मार्गस्थित बाल्मिकी विद्यापिठको चौरमा ट्रष्ट निर्माण गरी कक्षा कोठा तयार भएका छन्, अब त्यहाँबाट कक्षा सञ्चालनको तयारी र पुरानो भवन भत्काउने तयारी भइराखेको छ । ”

उक्त इकाई ललितपुर शाखा प्रमुख भगवान पौडेलले कार्यक्रममा ललितपुरका ६९ विद्यालयका भवन निर्माण भएका, ४३ निर्माणाधीन अवस्थामा रहेका जानकारी दिनुभयो ।

अर्कोतर्फ भक्तपुरका १२९ सामुदायिक विद्यालयमध्ये ९७ विद्यालय भूकम्पले क्षति पुगेका थिए । तीमध्ये विश्व सम्पदा सूचीमा सूचिकृत श्रीपद्म उच्चमावि, शारदा उच्चमावि र विद्यार्थी उच्च माविका विद्यालय भवनको पुनःनिर्माण कार्य अगाडि बढ्नसकेको छैन । उक्त इकाई भक्तपुर शाखा प्रमुख देवकुमार बरालले भक्तपुरका विभिन्न नौवटा विद्यालयको पुनःनिर्माण भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com