
काठमाडौं,२२ असार । कानुनमन्त्री सरकारले सातै प्रदेश प्रमुखले राजीनामा नदिए फिर्ता बोलाउने तयारी गरेको छ
यसअघिको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखले राजीनामा नदिएमा सरकारले राष्ट्रपतिलाई सिफारिस गरेर फिर्ता बोलाउने तयारी गरेको हो ।
कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारको कार्यकालमा २०७४ भदौयता भएका राजनीतिक नियुक्ति बदर गर्ने प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निर्णयका आधारमा प्रदेश प्रमुख नहट्ने बताएका छन ।
प्रदेश प्रमुखको कार्यमुल्याङ्नका आधारमा सरकारले उपयुक्त निर्णय लिने उनले बताए । हाल प्रदेश प्रमुखहरू गोविन्द सुब्बा (प्रदेश १), रत्नेश्वरलाल कायस्थ (प्रदेश २), अनुराधा कोइराला (प्रदेश ३), बाबुराम कुँवर (प्रदेश ४), उमाकान्त झा (प्रदेश ५), दुर्गा खनाल (कर्णाली) र मोहनराज मल्ल (प्रदेश ७)मा हुनुहन्छ । प्रदेश प्रमुखहरूको नियुक्ति पनि राजनीतिक नियुक्ति नै भएको भन्दै निश्चित समयभित्र प्रक्रिया पु¥याएर आवश्यक निर्णय गर्ने मन्त्री तामाङले बताएका छन ।
माघ पहिलो साता यसअघिको सरकारले प्रदेश प्रमुखको नियुक्ति गरेको थियो । त्यस्तै मन्त्री तामाङले डाक्टर गोविन्द केसीको उपचारमा सरकारले कुनै कमी हुन नदिने भन्दै गम्भीर अवस्थामा काठमाडौ ल्याएर भएपनि उपचार गरिने जानकारी दिए ।



















प्रतिक्रिया दिनुहोस्