ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरपालीका कार्यालयमा ताला बन्दी


bhawani desk
असार २२, २०७५ शुक्रबार   ४ : ३६   बजे
काठमाडौं,२२ असार । आज विहाना देखि बडीमालीका नगरपालीकाको कार्यालयमा ताला बन्दी गगन अयडी बजेट विनियोजनमा विभेद गरेको भन्दै बडिमालिका नगरपालिकाका पाँच जना वडा अध्यक्षले निर्णय पुस्तिका नै नियन्त्रणमा लिनुका साथ आज विहाना देखि कार्यालयमा ताला बन्द गरेका छन ।
राजनीतिक आस्थाका आधारमा बजेटमा विभेद गरिएको र विधि प्रक्रिया विपरित योजना छनोट गरिएकोले निर्णय पुस्तिका नै नियन्त्रणमा लिनुका साथै नगरपालीकाको कार्यालयमा ताला बन्दी गरेका हुन।
कार्यपालिकाको बैठक चलिरहेकै बेला निर्णय पुस्तिका नियन्त्रणमा लिई बजेट वितरणमा सन्तुलन नगरिएसम्म निर्णय पुस्तिका फिर्ता नगर्ने र कार्यलयको ताला नखोल्ने बडीमालिका नगरपालिका ९ नम्बर वडाका अध्यक्ष विनोद कुमार विकले बताए । निर्णय पुस्तिका नियन्त्रणमा लिने पाँच जना तत्कालिन नेकपा एमालेबाट जितेका वडा अध्यक्ष रहेका छन ।
काँग्रेसको पार्टी सञ्चालन गरे जस्तै शैलीमा नगरप्रमुख पदम बडुवालले नगर सभा र नगर कार्यपालिकाको बैठक सञ्चालन गर्ने, योजना छनोट प्रक्रिया र बस्ती स्तरबाट छनोट नै नगरिएका योजनामा कार्यकर्ता पालन पोषणका लागि बजेट विनियोजन गर्ने शैली परिवर्तन नगरेसम्म विरोध जारी गर्नुका साथै कार्यलयको ताला नखोल्ने बताए ।
निर्णय पुस्तिका नियन्त्रणमा लिनेमा बडिमालिका नगरपालिका ९ का अध्यक्ष विनोद कुमार विक, ७ का धर्मराज पाध्याय, ३ का वीरबहादुर रावल, ४ का सुरेन्द्र नाथ र २ का डम्मर महत रहेका छन् ।
नौ वटा वडा रहेको नगरपालिकामा पाँच जनाले तेस्रो नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रमको विपरित बजेट ल्याएको आरोप लगाएका छन् । तत्कालिन एमालेबाट विजयी उम्मेदवारको वडा भन्दा काँग्रेसले जितेको वडामा ५० लाख भन्दा बढी अन्तरको बजेट विनियोजन गरेको र आफूहरुलाई वडाको सिंलीङमा सीमित राख्न खोजिएको काँग्रेसकी पारा आफूहरुलाई स्वीकार्य नहुने ३ नम्बर वडाका अध्यक्ष वीरबहादुर रावतले बताएका छन् ।
नगरपालिकाले काँग्रेसले जितेको वडा नम्बर १ मा १ करोड ३० लाख, ५ मा १ करोड ५२ लाख, ६ नम्बरमा १ करोड २८ लाख, ८ मा १ करोड ५८ लाख बजेट विनियोजन गरिएको छ । भने एमालेले जितेको वडा नम्बर २ मा ५५ लाख, ३ मा ४७ लाख, ४ मा २६ लाख ७३ हजार, ७ मा ५४ लाख ४८ हजार र ९ मा ३९ लाख ९७ हजार बजेट विनियोजन गर्न खोजेको आजै पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
बजेटमै देखिने गरी विभेद गरेको र नगर प्रमुखले तानाशाही प्रवृत्ति देखाउन खोजेपछि विधि विधान र संविधानको मर्म अनुसारको कामकारवाही नगर विरोध जारी राख्ने २ नम्बर वडाका ध्यक्ष डम्मर महतले बताएका छन् 
९ नम्बर वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काग्रेसका कार्यकर्ता पाल्ने र व्यक्तिगत रुपमा फाइदा हुने कर्मचारीबाट झ्यालबाट सिफारिस गरिएका योजना स्वीकार्न नसकिने ७ नम्बर वडाका अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । जनसंख्या भूगोललाई आधार मानेर बजेट विनियोजन गरिने नीति भएपनि उल्टो गरेको निर्णय नसच्चिएसम्म विरोध जारी राख्ने बताएको छ ।
स्थानीय तहमा नगर प्रमुख र उपप्रमुखले बहुमतको दम्भ देखाएर गरिएका गतिविधि विरुद्ध नेपाल कम्यूनिष्ट पार्टी बाजुराले पनि विरोध जनाएको छ । नेकपाले प्रेस विज्ञप्ती मार्फत कार्य शैली नसच्चीए तानशाही प्रवृत्ति देखाउने विरुद्ध सिंगो पार्टी शसक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ ।
नेकपाका नेता भरत थापा र दिपक बुढाले हस्ताक्षर गरिएको विज्ञप्तीमा बडिमालिका नगरपालिका लगायतका स्थानीय तहमा भईरहेको विधि विपरितका गतिविधी तत्काल रोक्न पर्ने माग गरेको छ । नेकपाले निर्णय पुःतका नियन्त्रणमा लिएको कार्यमा समर्थन गरेको छ ।
संविधान र विधी विपरित चल्ने जो कोहीलाई पनि पार्टीले न्याय दिएर बस्न नसक्ने र योजना सम्झौता र उपभोक्ता समिति गठन नगरेरै काम गराएर बजेट लुट्ने प्रवृत्तिको अन्त्यका लागि पार्टीले निरन्तर खबरदारी गर्ने नेता भरत थापाले बताएका छन् ।
स्थानीय सरकारले प्राप्त गरेको अधिकारको सीमा भित्र रहेर काम गर्नेलाई रचनात्मक सहयोग गर्न तयार रहेपनि उल्टै बहुमतको दम्भ देखाइएर विधी र प्रक्रिया, लोकतन्त्रको मूल्य मान्यतालाई बेवास्ता गरिने कार्यमा पार्टी सहेर नबस्ने पार्टी नेता पुरबहादुर रावतले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group